Friday, September 30, 2022
गृहपृष्ठदैनिक गतिविधीजंगली जनावरका कारण निकुञ्ज किनारका बासिन्दा चिन्तित, बर्ष भरी जनावरले दुःख दिदा...

जंगली जनावरका कारण निकुञ्ज किनारका बासिन्दा चिन्तित, बर्ष भरी जनावरले दुःख दिदा समेत सरोकारवाला निकाय मूकदर्शक

बेलडाँडी,
बषौं देखि जंगली जनावरका कारण निकुञ्ज किनारका बासिन्दा चिन्तित बन्दै गएका छन् । जिल्लाको अधिकांश भू-भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा जंगली जनावर निकुञ्जबाट गाउँ पसेर आतंक मच्चाउने, बालीनाली खाइदिने नाश गरिदिने जनावरको भने अहिलेसम्म पनि व्यवस्थापन हुनसकेको छैन् । किसानले कडा मेहनतका साथ गरेको खेती जंगली जनावरले नाशमास गरि बस्तीमा आतंक मचाउदा समेत सम्वन्धित निकाय मूकदर्शक भईदिदा, स्थानीय वासिन्दा चिन्तित बन्दै जादासमेत यसको उचित व्यवस्थापन हुन सकेको छैन् ।

सिजनमा लगाएको अन्नबालीलाई जंगली जनावरले खाएर सखाप पार्दा यहाँका किसान समस्यामा छन् । “धुमधामका साथ प्रत्येक सिजनमा बस्तीभरी निकै मेहनतका साथ खेतीपाती लगाएका हुन्छन्, खेती फल्न पाएकै हुदैन् हेर्न समेत पाइदैन् ।” कहिले गैडाले त, कहिले हात्ती, बदेल बादर, सुगा लगायतका जंगली जनावरले लगाएको अन्नबाली सबै सखाप पार्छ ।” त्यति मात्र होइन चितुवाले बाख्रा गोठमा पसेर बाख्रा खाइदिने, अजिङ्गरले कुखुरा खोरमा पसेर कुखुरा खाइदिने लगायतका समस्याबाट निकुञ्ज किनारका बस्तीहरु मर्कामा परेका छन् ।
विहिवार राती करिव २ बजेको समयमा बेलडाँडी वडा नं.२ क्याम्पटोलका गणेश बिष्ट, मोहन ऐडी, राजेन्द्र भट्ट, रंगवीर बस्नेत लगायतका किसानको गैडा बस्ती पसेर धान कैचिले काटे जस्तै गरी खाएर सखाप पारिदिएको छ । गैडाले गरेको नोक्सानको बारेमा रेञ्जर पोष्ट बेलडाँडीमा पिडित किसान गणेश बिष्टले जाहेरी गर्दा चित्त बुझ्दो जवाफ नआएपछि झिन चिन्तित भएको बताए ।
बेलडाँडी १,२ र ५ वडाले छोएको आरक्ष किनारमा जंगली जनावरको आतंक भइरहन्छ । बेलडाँडी गाउँपालिकाको ३ तिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेकाले समेत यस क्षेत्रमा जनवारको आतंक भइरहने गरेको छ । त्यती मात्र नभएर जनावरले अन्नबालीसँगै कहिले घरमा पसेर घरमा भण्डार गरी राखेको अन्न समेत खाइदिने घर, घर भत्काइदिने जस्ता समस्या बाट समेत किसान हैरान भएका छन् ।
बेलडाँडी २ बस्ने रंगवीर बस्नेतले भने जंगली जनावरले खेतमा लगाएको अन्नबाली नष्ट पार्दा छाक टार्न पनि धौ-धौ हुने गरेको बताए । “खानलाउन समेत पुग्दैन, भएको अन्नबालीलाई समेत जंगली जनावरले नष्ट गर्ने गरेपछि साँझबिहान छाक टार्नसमेत धौ-धौ हुनेगर्छ  उनले भने कोरोनाले गर्दा कहिले काही गरिने ज्यालामजुरी समेत रोकिएको छ । जोहो गरी किनेर ल्याएको अन्नमै जीविका चलाउनु बाध्यता जस्तै भएको छ ।” वर्षभरि खाने अन्न जंगली जनावरले सखाप पारेपछि कसरी छाक टार्ने भन्ने चिन्ताले पिरोलिरहने उहाँले बताए ।


सोही क्षेत्रकै अर्का किसान गणेश बिष्टले भने जंगली जनावरले पहिलेको भन्दा अहिले धेरै सताएको बताए । शुक्लाफाटा निकुञ्ज अन्तरगत बेलडाँडी क्षेत्रमा काम गर्ने २ वटा समिति कालिकिच उपभोक्ता समिति र बागेश्वरी उपभोक्ता समिति रहेपनि यी समितिहरुको काम प्रभावकारी भएको छैन् । प्रत्येक बर्ष यी समितिहरुमा २०,२०लाख भन्दा बढी आउने गरेको र कसरी खर्च गर्छन भन्ने समेत कुनै सार्वजनिक सुनुवाई सर्वजनिक लेखा परिक्षण र हामी निकुञ्ज पिडितलाई आज सम्म कहिले मलम पट्टी समेत गरेको छैन् । उहाँले भने किनारको बस्तीमा लाइटको व्यवस्था, किनारको बस्तीमा त्यस्तो जनावार भगाउने यन्त्र, जडान गरिदिए पछि केहि राहत हुने थियो । उपभोक्ता समितिले किनारका बासिन्दा संग आज सम्म कहिले पछि समस्या हल कसरी हुने भन्ने विषयमा छलफल गरेको छैन् । यसरी जिम्मेवार निकाय मूकदर्शक भइदिदा किसान चिन्तित भएका छन् ।

बेलडाँडीको करिब ९० प्रतिशत भुभाग ऐलानी रहेको र जनावरले गरेको क्षतीपुर्ती पाउनको लागि दर्ता जमिन हुनुपर्ने प्रावधानले किसानलाई झिन चर्केको घाउमा चुक हाल्ने काम जस्तै भएको छ । निकुञ्ज संग जोडीएका कुनै ठाउमा समेत दर्ता जमिन नभएकाले राहतमा समेत समस्या देखिएको छ ।

 

ताजा समाचार