Friday, September 30, 2022
गृहपृष्ठसमाचारकिसान संघद्वारा सरकारलाई ध्यानाकर्षण पत्र

किसान संघद्वारा सरकारलाई ध्यानाकर्षण पत्र

कञ्चनपुर, ११ भाद्र 

कञ्चनपुरका किसानले मलखाद अभावका कारण भोग्नुपरेको समस्या समाधान गर्न कृषि तथा पशुपन्छी बिकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत पत्र पठाएको संघका कोषाध्यक्ष नन्दलाल भट्टले बताए ।

सरकारले चाडै किसानलाई गुणस्तर युक्त बिउबिजनका साथै मलखादको ब्यवस्था गर्न माग राखेको छ । किसान संघका अध्यक्ष भैरव बहादुर ऐर, केन्द्रीय सदस्य नारायण दत्त पन्त लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र पठाएको संघका कोषाध्यक्ष भट्टले बताउनुभयो ।

ताजा समाचार