Tuesday, August 16, 2022
गृहपृष्ठदैनिक गतिविधीबेलडाँडीमा समुदायमा कोरोना पस्यो, श्रीमान श्रीमतीलाई कोरोना पोजेटिभ देखिए पछि वडासिल, कुन...

बेलडाँडीमा समुदायमा कोरोना पस्यो, श्रीमान श्रीमतीलाई कोरोना पोजेटिभ देखिए पछि वडासिल, कुन वडा सिल जान्नको लागि पुरा पढौं

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा समुदाय भित्र कोरोना पोजेटिभ देखिएको छ ।
बेलडाँडी गाउँपालिका वडा नं. २ मा दोस्रो चरणको संक्रमण श्रीमान श्रीमतीलाई देखिए पछि बेलडाँडी गाउँपालिका वडा नं.२ भोली शुक्रवार देखि सिल हुने भएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो । उहाँका अनुसार घरमा बस्ने बर्ष ६ं०का श्रीमान श्रीमतीलाई कोरोना पोजेटिभ देखिएकाले उनी संग संलग्न रहेको सबैको स्वाब परिक्षण गरिने बताउदै उक्त वडा १८ गते सम्मका लागि सिल गिरिने बताए । सिल भएको समयमा वडा अति आवश्यक खाद्यान्न, फलफुुल तरकारी र इन्धन पसल वाहेक सबै पसलहरु बन्द गर्नुपर्ने छ ती पसलहरु विहान ६ बजे देखि विहान १० बजेसम्म मात्र खुला रहने छन् ।

अन्य वडामा पनि स्वाब परिक्षण गरिने बताउदै सर्वजनिक स्थानमा जानेवेला अनिर्वाय मास्क, समाजिक दुरी कायम गर्नु पर्ने बताउदै यसको उल्लघन गरेको पाइए रु एक सय देखि जरिवाना गर्ने समेत गाउँपालिकाको तयारी रहेको जनाइएको छ ।
बेलडाँडीमा समुदायमा बस्नेहरुमा कोरोना देखिन थााले पछि स्थानीय चिन्तित भएका छन्

ताजा समाचार