Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीउच्च ज्वँरो आएका दोधारा चाँदनी क्षेत्रका आठ जनाको मृत्यु, स्थानीय त्रसित

उच्च ज्वँरो आएका दोधारा चाँदनी क्षेत्रका आठ जनाको मृत्यु, स्थानीय त्रसित

खडक रावल कञ्चनपुर, ११ भदौँ

कोरोना महामारीकै बिचमा उच्च ज्वँरो आएका कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रका आठ जनाको मृत्यु भएको छ । दुई साताको अवधिमा श्रृङखलाबद्ध ढङगले कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रका आठ जनाको मुत्यु भएको हो । तर, कुन रोगका कारण उनीहरुको मृत्यु भएको भन्नेमा स्वास्थ्यकर्मी र चिकित्सकले पत्ता लगाउन सकेका छैनन् । साउन अन्तिमदेखि भदौँ पहिलो सातासम्ममा ज्वँरो आएर उपचारका लागि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गएका आठ जनाको मृत्यु भएको छ । दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. गगन चौधरीले १०३ डिग्री भन्दा बढि ज्वरो आएका बिरामी उपचारका लागि आएको बताए । ‘हाम्रो रेकर्डमा चार जनाको अस्पतालमै मृत्यु भएको छ, ‘उनले भने, ‘बाँकी चार जनाको हामीसंग रेकर्ड छैन् ।’

दुई बालक, चार युवा र दुई बृद्धको मृत्यु भएको छ । महाकाली नगरपालिका १ का १५ बर्षिया प्रकज चन्द, २५ बर्षिया मोहन दमाई, ३ का ३० बर्षिया मान बहादुर सुनार, ७५ बर्षिया तुलसिह थापा, ३८ बर्षिया रतन बुडा(मगर), ४का २१ बर्षिया प्रेम चन्द , ५ का ६५ बर्षिया गम्भिर सिह भण्डारी र ७ की १४ बर्षिया बालिका पुजा बोगटीको मुत्यु भएको छ । ‘अहिले अस्पतालमा दैनिक १ सय २० भन्दा बढि कुल बिरामी आउँछन, ‘डा. चौधरीले भने, ‘जसमध्ये पचास प्रतिशत ज्वरोँका बिरामी आउँछन् ।’ अत्यधिक ज्वँरो आएर बिरामी भएका अस्पताल आउनेक्रम जारी रहेको डा. चौधरीले बताए । उनका अनुुसार अस्पतालको रेकर्डमा १४ बर्षिया पुजा बोगटी, १४ बर्षिया प्रेम चन्द, ३० बर्षिया मान ब. सुनार र ६५ बर्षिया गम्भिर सिह भण्डारी रहेका छन् ।

‘जम्मा आठको मृत्यु मध्ये, चार जना अस्पतालको रेकर्डमा छन्, ‘डा. चौधरीले भने, ‘चार बाहिरै मरेका रहेछन् ।’ अस्पतालका चिकित्सक एव स्वाथ्यकर्मीले जापानिज ईन्सपलाईटिस, ब्रेनको ज्वँरोमा आशंका गरिएपनि मृत्युको कारण एकिन गरिएको छैन् । कोरोनासंग ज्वँरोको लक्षण मिल्दाजुल्दो भएकाले स्थानीय त्रसित भएका छन् । महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले अवस्था भयाभह भईरहेको बताए । ‘ज्वँरो आउँने वितिक्तै मनुपर्ने अवस्था सिर्जना भएको छ, ‘प्रवक्ता सिजालीले भने, ‘के रोग हो, भनेर बुझ्नै सकिएन्, यो चिन्ता र चासोको विषय बन्यो ।’ स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले मृत्यु भएकाको नमुना संकलन गरेर विश्व स्वास्थ्य संगठनमा पठाईने बताए । ‘मैले पनि यस बारेमा महाकालीका चिकित्सक एव स्वास्थ्यकर्मीसंग बुझ्दै छु, ‘उनले भने, ‘महामारी नै भए त्यही अनुसार हामीले एक्सनमा जान्छौँ, सबै कोणबाट केश अध्ययन गरिरहेका छौँ ।’ ज्वँरो आएर अस्पताल जाँदै मृत्यु हुँदै गएपछि स्थानीय भने त्रसित भएका छन् ।

ताजा समाचार