शुनिल लो

चट्यान लागेर कञ्चनपुरको पुनर्वासका एक युवकको मृत्यु भएको छ । गयराती हाएको हावाहुरीसंगै बर्षाका समयमा परेको चट्यानले पुर्नवास नगरपालिका ११ अमर बस्तीका युवक गणेश सिहको मृत्यु भएको हो । स्थानीय एव समाजिक अभियन्ता निसान सिहले एक्कासी चट्यान पर्दा लडेर घाईते भएका थिए ।
उनलाई त्यहाँबाट उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो । सिहको शव बिहीबार बिहानसम्म अस्पालमा राखिएको थियो । केही दिन अघि बेलौरीका एक युवकको मृत्यु भएको साता नवित्दै पुनर्वासमा अर्का युवकको चट्यान लागेर मृत्यु भएपछि दक्षिणी क्षेत्रका स्थानीय त्रसित भएका छन् ।
