Monday, September 26, 2022
गृहपृष्ठविद्यार्थी विशेषबेलडाँडी सिद्धनाथले पायो पहिलो पटक स्नातक गरेको अध्यक्ष

बेलडाँडी सिद्धनाथले पायो पहिलो पटक स्नातक गरेको अध्यक्ष

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका ३ खैरिघाटमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा समाजसेवी मदनराज गिरी चयन हुनुभएको छ । लामो समय देखि अध्यक्ष चयनमा विवाद देखिए पछि विद्यालयले अध्यक्ष पाउन सकेको थिएन् । हिजो बसेको समितिको बैठकले समाजसेवी गिरीलाई अध्यक्ष स्वीकार गर्ने सहमती भएपछि समितिले पुर्णता पाएको अध्यक्ष गिरीको भनाइ छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मदन राज गिरी सदस्यहरुमा हरि प्रशाद जोशी , पुष्पकमल पण्डित , लोकमाया जेठारा ,गोरे थापा ,धौली साउद, भागरथी राना रहेका छन्।
यस विद्यालय व्यवस्थापन समितिका लागि पहिलो स्नातक गरेका अध्यक्ष गिरी नै हुन् । उहाँले अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरेको र १२ वर्ष शिक्षण पेशालाई निरन्त्रता दिएका थिए । विद्यार्थी जीवनदेखि नै अब्बलता, योग्य, क्षमतावान ब्यक्ति उनि कञ्चन पब्लिक स्कूलका पूर्व प्रिन्सिपल भएर महत्वपूर्ण जिम्मेवारी बहन गर्दै सामाजिक कार्यमा रुची राख्दै आएका थिए । उहाँले भन्नु भयो आँखाभरि सपना अनि झोला भरी किताब बोकेर आफ्नो भाग्य र भविष्यको रेखा कोर्न सिद्धनाथ माविमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थि हरुको भबिस्य उज्जवल पार्न शिक्षा र खेलकुद क्षेत्र लाई चुस्त दुरुस्त बनाई दक्षिणि क्षेत्रको एक उदाहरणीय विद्यालय बनाउने आफ्नो सपनालाई पुरा गर्ने अवसर मिलेको बताउदै त्यसलाई पुरा गर्न तिर आजकै मितिबाट लागि परेको जनाए ।

ताजा समाचार