Tuesday, September 27, 2022
गृहपृष्ठआर्थिकपुर्नवासमा बर्षाले पोखरीका ६ हजार माछा मरे

पुर्नवासमा बर्षाले पोखरीका ६ हजार माछा मरे

देबराज गिरी पुनर्वास, ०९ भाद्र

कञ्चनपुरको दक्षिणी बेल्ट पुनर्वास नगरपालिका- २ का शम्भु सार्किले बिगत केही समय अघि बाट आफ्नै जन्मथलोमा बायोफलप प्रबिधी प्रयोग गरि माछा पालन गर्नु भएको थियो । आफ्नै गाउँमा केही गरौ बिदेशीको भुमिमा आफ्नो रगत नबगाउ भन्ने मुल उदेश्यका साथ नयाँ प्रबिधिको माछा पालन गरिरहनु भयको हो । केही समय अगाडी बिदेशबाट घरफर्की केही समय परिवार र साथी भाइ सङ रमायएर फेरि बिदेश जानका लागि काठमान्डौ पुगेका शम्भु बिदेश नगएर पुनः गाउँ फर्किएका थिए । गाउँ फर्किएर माछा पालनमा जमेका शम्भु साथिभाइ, आफन्त र गाउँका साहुबाट ऋण लगेर सुरु गरेको ब्यबसाय केही समय राम्रो सङ चले पानी हिजो राती आएको बर्साका कारण ६ हजार जति कमन कार्प माछा मरेका छन । कमन कार्प माछाका लागि अक्सिजन प्रशस्त मात्रामा आबस्यक पर्ने गर्दछ ।

केही समय वर्षा आएर बन्द भएपनि बिजुली काटिएको कारण माछाका लागि आबस्यक पर्ने अक्सिजन सोलार लाइट बाटमात्र पुग्न नसकेका कारण माछा मर्न पुगेका हुन । कंचनपुरका सबै ठाउमा रातभर बिजुली भएपनि कंचनपुरको दक्षिणीबेल्टमा मात्र रातभर बिजुली थिएन । विद्युत बितरण केन्द्र बेलौरीका एक कर्मचारीसङ बुझ्दा मलाइ पुनर्वासको विद्युतको बारेमा थाहा छैन त्यस्का लागि नो लाइटको नम्बर ०९९५८०१९९ मा फोन गरि बुझ्न भन्नू भयो । नो लाइटको नम्बर ०९९५८०१९९ मा फोन गर्दा फोन उठन सकेन । सानो सानो निहुमा पनि पुनर्वासमा बिजुली काटिनु बिडम्बना हो । गाउमा बसेर केही गर्छु भन्ने सोच थियो यस्तै अवस्था भय त कसरी ब्यबसाय गर्न सकिन्छ ? शम्भु सार्किले भन्नू भयो – “ऋण खोजेर माछा पालन गरे बर्साका कारण माछा मरेर गए स्थानीय सरकारले केही राहत दिए फेरि पनि ब्यबसाय गर्ने हौसला मिल्ने थियो ” । अहिले पुनर्वासमा धेरै युवाहरु कुनै न कुनै ब्यबसाय गरिरहेका छन । यस्तो बिपत परेकाका लागि अनुगमन गरेर राहत दिने छ वा दिने छैन त्यो भने आउने दिनले देखाउने छ ।

ताजा समाचार