Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीचट्यान लागेर एक युवकको मृत्यु

चट्यान लागेर एक युवकको मृत्यु

लाल ब. एके कञ्चनपुर, ९ भदौँ

चट्यान लागेर कञ्चनपुरको बेलौरीका एक युवकको मृत्यु भएको छ । गयराती बेलौरी नगरपालिका १ बैशाखीका २३ बर्षिया लोकेन्द्र चन्दको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रण बहादुर चन्दले चट्यान लागेर घाईते भएका चन्दको सेती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको बताए । ‘बढि घाईते लोकेन्द्रको उपचारकै क्रममा मृत्यु भयो, ‘बेलौरी ईप्रका इन्चार्ज चन्दले भने, ‘बाँकी दुई जनाको उपचार भईरहेको छ ।’

राती साढे आठ बजेतिर घर नजिकै रहेको राधाकृष्ण मन्दिरमा मोबाईल चलाईरहेका मृतक चन्द सहित २० बर्षिया नरेश शाही र २६ बर्षिया युवक सुजन शाही तीनै जना मोवाईल चलाएर बसेका थिए । मन्दिरमै चट्यान पर्दा उनीहरु तीनै जना घाईते भएका थिए ।

ताजा समाचार