Tuesday, August 16, 2022
गृहपृष्ठस्थानिय समाचारचोरीका घटना बढ्दै

चोरीका घटना बढ्दै

बेलडाँडी,
चोरी भन्नाले अन्य व्यक्तिको सामान तथा वस्तूहरू उसको सहमति वा इजाजत बिना नदेखिने गरि वा देखेरै पनि लिने कार्यलाई जनाउँछ । आफनो हक नपुग्ने अचल भै रहेकोलाई चलको हिसाब गराई वा चल धनमाल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मन्जूरी नली धनीको हक मेटाई आफूले लिना खानाका लागि जुनसुकै कुरो गरी बेइमानीका नियतले कसैले लग्यो भने चोरी गरेको ठहर्छ ।

चोरीका घटना देशैभर दिनरात बढी रहेको अवस्थामा बेलडाँडी समेत अछुटो रहन सकेको छैन् । बेलडाँडी गाउँपालिकाका बजार क्षेत्र, गाउँघरमा समेत चोरीको महाममारी फैलिरहेको छ । चोरी नियन्त्रण गर्न प्रहरीलाई हम्यहम्य पर्न थालेको छ । प्रहरी, आम नागरिकलाई चोरहरुले नयाँ टेक्नोलोजीको प्रयोग गर्दै झुक्याइरहेको स्थानीयहरुको आरोप छ ।
बेलडाँडी क्षेत्रमा तीस दिनको अन्तरालमा दश भन्दा बढी चोरीका घटना घटिसकेका छन् । कहि किराना पसल तोडेका छन् भने कही, कपडा फेन्सी पसल, मोवाइल ग्यालरी, खसीबाख्रा, कुखुरा समेत चोरी हुन थालेका छन् ।

चोरी नियन्त्रण र चोरलाई पक्रनको लागि स्थानीयहरु जागाराम भएर बस्न थालेका छन् । तर चोरहरु जागाराम भएको दिनमा नआउने गरेको स्थानीयको भनाइ छ । लाखौंको धनमाला चोरी गर्दा व्यापारी हैरान मात्र होइन साहुको कर्ज समेत रहेकाले पिडित बनेका छन् । एक व्यापारीले भने साहुबाट उधारो सामान ल्याएका थियौं चोरले दोकान तोडेर सबै चोरी दिन्छ साहुको पैसा कसरी तिर्ने भन्ने चिन्ता बढि भएको बताए ।

बेलडाँडी प्रहरी प्रमुख राजेन्द्र बहादुर सिंहले भने चोरी नियन्त्रणका लागि हामीले डिउटी कडा पारेका छौं, एरिया ठुलो छ जनशक्ती सिमित छ, पुरा राउण्ड हान्दा चोरले झुक्याउने गरेको भए पनि हामीले संका लागेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेकाछौं । केहिदिन भित्रै चोरहरुलाई समातेरै छोड्ने आसय व्यक्तगर्नु भयो ।

यस्तै हामीले हाम्रो बेलडाँडी पोष्ट फेसबुक पेजमा चोरीका घटना शुन्य पार्न मागेको सुझावमा गिता क्षेत्री भन्नुहुन्छ सबै सचेत रहनको लागि जनचेतना जोगाउनु पर्यो, प्रहरी प्रशासनले कडा डिउटी गर्नुपर्यो । यस्तै बिरेन्द्र खडकाले भने गाह्रो छ रोक्न, आफै सचेत हुनेहो कसैले केहि गर्ला जस्तो लाग्दैन मलाई । यस्तै अर्का हेमन्त कलौनीले भने चोरीको घटना नहुन दिन पहिलो कुरा त चोरकै चरित्रमा बदलाव आउनु प¥यो स्वयं चोरको चरित्र तब मात्रै बदलिन्छ जब चोर्ने ब्यक्ति बेरोजगार नहोस्, बेरोजगारीले ब्यक्तिलाई अपराधिक क्रियाकलाप तिर आकर्षण गर्दछ वा उसले कुनै न कुनै रुपमा आफुलाई दुर्ब्यशनको शिकार बनाइराखेको हुन्छ । बेरोजगारी नियन्त्रण गर्ने वा हटाउने सरकारले नै हो, तसर्थ प्रमुख कुरा सरकारले ल्याउने नितिनियमले नै चोरी वा डकैतीका यस्ता घटनाहरुमा न्यूनीकरण गर्न सकिन्छ । मन्दिरमा जुत्ता चप्पल चोर्ने समाजमा केवल सरकारको तत्परताले मात्रै पूर्ण रुपमा चोरी, डकैती वा अपराध निर्मूल गर्न सकिदैन त्यसका लागी दोश्रो कुरा स्थानीय प्रशासनले चुस्त एवं दुरुस्त भएर काम गर्नुप¥यो जसले गर्दा खुलेआम वा लुकिछिपी पनि कसैले यस्तो क्रियाकलाप गर्न हिम्मत गर्न सक्दैन । त्यस्तै अन्तिम वा तेस्रो कुरा भनेको स्वयं आफुले नै आफ्नो माल सामानको उचित रुपमा ख्याल हुनेगरी राख्न सक्नुप¥यो ।

ताजा समाचार