Friday, September 30, 2022
गृहपृष्ठस्थानिय समाचारलकडाउनको प्रभाव ः आन्तरिक राजस्व लक्ष्यभन्दा कम ६७.४८ प्रतिशत मात्रै राजस्व संकलन

लकडाउनको प्रभाव ः आन्तरिक राजस्व लक्ष्यभन्दा कम ६७.४८ प्रतिशत मात्रै राजस्व संकलन

 विकास सिह महता/कञ्चनपुर

कञ्चनपुरमा गत आर्थिक बर्ष २०७६/०७७ मा लक्ष्य भन्दा कम आन्तरिक राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय महेन्द्रंनगरको तथ्याङ्क अनुसार लक्ष्य भन्दा ३२.५२ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

कार्यालयले गत आर्थिक बर्षमा ३ अर्ब, ६६ करोड, ५४ लाख ७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये २ अर्ब, ६९ करोड, ४५ लाख ७ हजार मात्रै संकलन गरेको छ । झण्डै ९९ करोड, ७ लाख कम राजस्व संकलन भएको छ । तीन महिना पूर्ण लकडाउन भएका कारण कार्यालयले लक्ष्य अनुसार आन्तरिक राजस्व संकलन गर्न नसकेको हो । अघिल्लो बर्ष २०७५/०७६ मा लक्ष्य भन्दा बढि राजस्व संकलन भएको थियो । लक्ष्य भन्दा ४२ करोड १० लाख ३३ हजार राजस्व संकलन गरिएको थियो । १ अर्ब, ६१ करोड ७४ लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २ अर्ब ३ करोड, ८५ लाख ७ हजार राजस्व संकलन गर्न सफल भएको थियो । झण्डै २६ प्रतिशत बढि राजस्व संकलन भएको थियो ।

१ सय २६ प्रतिशत राजस्व संकलन गरिएको थियो । आन्तरिक राजस्व कार्यालय महेन्द्रंनगरका नासु भीम विष्टले लकडाउनका बेला मदिराको कारोबार नहुँदा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको बताए । ‘लकडाउनले मदिरा उत्पादन तथा कारोबार भएन, ‘उनले भने, ‘त्यसपछि उठ्नुपर्ने राजस्व उठ्न सकेन् ।’ आन्तरिक राजस्व कार्यालयले आयकर, घरबहाल, कर, स्वास्थ्य शिक्षा, अन्तशुल्क बाह्यशुक्ल लगायतका कर संकलन गर्दै आएको छ ।

ताजा समाचार