बेलडाँडी,
हिन्दु महिलाहरुले मनाउने महानपर्व तीजको पुर्व सन्ध्या तथा दर खानेदिनमा बेलडाँडीका एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।
बेलडाँडी गाउँपालिका वडा नं. १ सिद्धचोकका ३२ बर्षिय प्रकाश जोशीले आफ्नै पक्की घरको कोठामा झुण्डिएर आत्महत्या गरेका छन् । आज साझ करिव ८ बजेको समयमा आत्महत्या गरेको जनाइएको छ ।
मृतक जोशी झुण्डिएकै कोठामा मृतक जोशीकी श्रीमतीले २ बर्ष पहिला झुण्डिएरै आत्महत्या गरेको बेलडाँडी इलाका प्रहरी प्रमुख राजेन्द्र बहादुर सिंहले जानकारी गराउनु भयो । उहाँका अनुसार सो घरमा अहिले बाबु छोरा मात्र बस्दै आएको र मृतक जोशीका २ वटा साना सन्तान रहेको बताए । अहिले प्रहरीले मुचुल्का उठाइरहेको बताए । आत्म हत्या के कारण गरेको हो भन्ने नखेलेको जनाइएको छ ।

स्थानीयका अनुसार श्रीमती विति सकेपछि मानसिकरुपले कमजोर बन्दै गएको र घरमा त्यस्तो दैबीक शक्तीका कारण पनि मृतु भएको हुनसक्ने जनाएका छन् । एउटै कोठामा २ २ पटक यसरी मृतु हुनुको कारण दैबिक शक्तिका कारण मात्र हुन सक्ने स्थानीयको भनाइ छ । आज दर खाने दिन श्रीमतीलाई सम्झेर हरेस खाएर आत्महत्या गरेको हुन सक्ने जनाइएको छ । यसरी
