Tuesday, September 27, 2022
गृहपृष्ठदैनिक गतिविधीआज मध्यरातीदेखि कञ्चनपुरमा निषेधाज्ञा

आज मध्यरातीदेखि कञ्चनपुरमा निषेधाज्ञा

अत्यावश्यक कामकाज बाहेक घरबाहिर ननिस्कीन आदेश

पहिलाद राना कञ्चनपुर, ४ भदौँ

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरमा आज(बिहीबार) मध्यरातीदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको आदेश अनुसार बिहीबार राति १२ बजेदेखि १४ भदौँ राती १२ सम्मका लागि निषेधाधा जारी गरिएको हो । संक्रमण रोक ऐन २०२० को दफा २ एव स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम ११ दिनसम्म निषेधाज्ञा जारी गरिएको छ । प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको १२ बुँदा आदेश अनुसार पहिलो बुँदामा औषधी खाद्यबस्तु तथा अत्यावश्यक उपभोग्य बस्तु तथा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर ननिस्किने आदेश जारी गरिएको छ । अत्यावश्यक काम गरे भौतिक दुरी कायम गरेर अनिवार्य मास्कको प्रयोग गर्न निर्देशन जारी गरिएको छ । जिल्लाभरी अत्यावश्यक निजी सार्वजनिक सवारी साधन जोर विजोरको आधारमा संचालन गर्ने आदेश दिईएको छ ।

सरकारी कर्मचारीको हकमा कार्यालय जान र फर्किन बिहान ९ः३० बजेदेखि १०ः३० सम्म र दिउँसो ४ः३० बजेदेखि ५ः३० सम्म फोटो सहितको परिचय पत्रमा साथ लिई आवत जावत गर्न व्यवस्था मिलाउने, अत्यावश्यकीय बस्तु तथ सेवा अन्र्तरगत औषधी, खाद्यबस्तु, ईन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागि हुनुपर्ने कामका लागि सवारी साधन बाहेक अन्य जोरबिजोर प्रणाली अन्र्तरगत गर्ने, मेला, पर्व, महोत्सव, जात्रा संचालन गर्न, मानिस भेला, जम्मा हुन भिडभाँड गर्न सभा जुलुस र निषेध गर्ने, परम्परागत रुपमा भई आएको दैनिक हुने आन्तरिक नित्य पुजा बाहेक सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिबिधीहरु संचालन र जमघट नगर्ने, सम्पूर्ण शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षा जगायतका जमघट हुने गतिबिधी संचालन नगर्ने, सबै प्रकारका सम्मेलन, गोष्ठी, तालिम, सिनेहल, पार्टी प्यालेस, डिपार्टमेन्ट स्टोर मनोरञ्जन स्थल, सैलुन, स्पा, स्वीमिङ्ग पुल जिमखाना समुहमा खेलिने खेलकुद पुस्तकालय संग्राहाय संचालन नगर्ने आदेश जारी भएको छ । आवश्यक गरेको अवस्थाम सरकारी तथा सार्वजनिक कार्यालयहरु न्यूनतम मात्रामा कर्मचारी उपस्थित गराई संचालन गर्ने, सो बाहेक कर्मचारीलाई सुरक्षित रुपमा घरबाटै सम्पादन गर्न सकिने तोकिएको कार्यहरु गर्नका लागि सम्बन्धीत कार्यालय प्रमुखले व्यवस्था मिलाउने, बैकिङ्ग सेवा लगायत विभिन्न निकाययले भर्चुअल विद्युतीय माध्यामबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

सो सम्भव नभएमा स्वास्थ्य सुरक्ष्इााको मापदण्ड र भौतिक दुरी कायम गरि राष्ट्र बैैंकले तोकेको संख्यामा न्यूनतम र्काचारी उपस्थित गराई सेवा प्रवाह गर्ने सकिने प्रावधान राखेको छ । औषधी स्वास्थ्य समाग्री एव स्वास्थ्य सम्बन्धी कार्यको हकमा आवश्यत अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड भौतिक दुरी कायम गरि गराउनुपर्ने छ, अनुमति पाएका र अत्यावश्यक सेवा तथा बस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म संचालन नगर्ने आदेश दिएको छ । आदेशको उलङघन गर्न वा आदेशको पालना गर्न गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानून बमोजिम कार्बाही हुने चेतावनी दिईएको छ ।

अत्यावश्यक उपभोग्य बस्तु तथा सोवको आपूर्तिका कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यबृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमाा अवरोध गर्ने उपर पनि कार्बाही हुने छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले छिमेकी जिल्ला कैलाली, डडेल्धुरामा लगायतमा निषेधाज्ञा जारी गरिएको बताउँदै, जिल्लामा पनि कोडिभ १९ संक्रमण निरन्तर बढिरहेका बेला निषेधाज्ञा जारी गरिएको बताए । ‘हामीले जिल्लाभरी निषेधाज्ञा जारी गरेका छौँ, ‘प्रजिअ खतिवडाले भने, ‘पालना भए नभएको एक दुई दिन अध्ययन गछौँ, पालना नभएको खण्डमा कडाईपुर्वक लागु गछौँ ।’ कञ्चनपुरमा निषेधाज्ञा जारी भएपनि भारतबाट गड्डाचौकी नाका भएर नेपाल फर्किनेको नेपालीको हकमा पनि कुनै रोकटोक नगरिने प्रजिअ खतिवडाले बताए ।

‘चाडवाडका बेला बजार, धार्मिक एव सार्वजनिक क्षेत्रमा भिडभाँड हुने भएकाले त्यसबाट संक्रमण हुने खतराबाट बाँच्न पनि निषेधाज्ञा जारी गरिएको हो, ‘उनले भने, ‘मुख्य गरेर हरेक नागरिक अत्यावश्यक कामकाज बाहेक घरबाट बाहिर निस्कीनु दिनुभएन् ।’ कोरोना रोकथामकै लागि निषेधाज्ञा जारी गरिएको बताउदै प्रजिअ खतिवडाले इमान्दारितापुर्वक पालना गरिदिन आग्रह गरेका छन् । कञ्चनपुरमा जेठ दोस्रो सातादेखि मात्रै ठुलो संख्यामा कोरोना संक्र्मित देखिएका थिए । हाल संक्रमण रोकिएको छैन् । विगत भन्दा क्रमित रुपमा संक्रमितको संख्या घटेपनि पूर्ण रोकथाम भएको छैन् । बिहीबार मात्रै कञ्चनपुरमा १४ जनामा कोरोना देखिएको छ । एकदुई बिराएर संक्रमितको संख्या देखिएको तर, पूर्ण रोकथाम भने भएको छैन् । शुरुका दिन भन्दा पछिल्ला दिनमा नागरिकमा त्रास भने हट्दै गएको छ । मानव अस्थित्वका लागि समेत सबैले सजक हुनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

ताजा समाचार