Monday, December 5, 2022
गृहपृष्ठमुख्य समाचारकञ्चनपुरमा आज राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी

कञ्चनपुरमा आज राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी

कञ्चनपुर,

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कञ्चनपुर जिल्लाभर निषेधाज्ञा आदेश जारी गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ आज राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्म लागुहुने गरी निषेधाज्ञा आदेश जारी गरिएको जिल्ल प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने र अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कनै पर्ने भए तोकिएको मापदण्ड पूरा गर्नुपर्ने जनाएको छ । अहिले जारी गरिएको निषेधाज्ञा कडाइका साथ लागु गर्न गराउन सबैमा आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जनाउनु भयो । उहाँका अनुसार आवश्यक देखिएमा थप लकडाउन समेत गर्न सकिने जनाउनु भयो ।

खास गरेर नजिकीदै गरेका चाडपर्वहरुलाई मध्यनजर गरेर निषेधाज्ञा आदेश जारी गरेको स्थानीय बासिन्दाका बुझाइ रहेको छ । संक्रमण नफैलिन दिन गरेको आदेशको नागरिकहरुले स्वागतयोग्य निर्णय भएको बताउनु भयो ।

ताजा समाचार