Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीभरतपुर निम्बुखेडा खानेपानी उपभोक्ता समितिले भदौँ दोस्रो सातादेखि पानी वितरण गर्दै

भरतपुर निम्बुखेडा खानेपानी उपभोक्ता समितिले भदौँ दोस्रो सातादेखि पानी वितरण गर्दै

खडक कोली

कञ्चनपुरको भगतपुर निम्बुखेडा खानेपानी सरसफाई तथा उपभोक्ता समितिले भदौँ दोस्रो सातादेखि उपभोक्तालाई खानेपानी वितरण गर्ने भएको छ । सुदूरपश्चिमेलीको गौरा पर्वको अवसर पारेर भगतपुर निम्बुखेडा खानेपानी सरसफाई तथा उपभोक्ता समितिले भदौँ दोस्रो सातादेखि उपभोक्तालाई खानेपानी वितरण गर्ने भएको हो । उपभोक्ता समितिका अध्यक्ष गणेश सिह धामीले हस्तान्तरण कार्यक्रम ढिला हुने भएपनि खानेपानी भदौँ १० गतेदेखि वितरण गरिने बताए । ‘आयोजना पुरा भईसकेको छ, ‘अध्यक्ष धामीले, ‘त्यसैले उपभोक्तालाई शुद्ध खानेपानीको सेवा विस्तार गरेका हौँ ।’ करिब ६ बर्षमा निर्माण सम्पन्न भएको योजनामा ८ करोड खर्च हाराहारीमा भएको थियो ।

भीमदत्त नगरपालिका २, १५ र १८ नम्बरका १३ टोलका १२ सय परिवारले एक साथ खानेपानी पाउने छन् । ‘सबै उपभोक्ताले धारा जडान गरिसक्नुपर्छ, ‘उनले भने, ‘१५ भदौँदेखि उपभोक्ताले घरमै पानी उपभोग गर्न पाउनेछन् ।’ गाँउमै शुद्ध खानेपानीको सुविधा पाएपछि उपभोक्ता हर्षित भएका छन् ।

ताजा समाचार