Sunday, September 25, 2022
गृहपृष्ठभाषा संस्कृतिसार्वजनिक स्थानमा सामुहिक जमघट गरि गौरा तिज मनाउन रोक

सार्वजनिक स्थानमा सामुहिक जमघट गरि गौरा तिज मनाउन रोक

विकास सिह महता कञ्चनपुर, ३ भदौँ

कञ्चनपुरका सार्वजनिक स्थानमा सामुहिक जमघट गरि गौरा, तिज लगायतका पर्व मनाउन रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालयले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस(कोडिभ १९)को बढ्दो संक्रमण, रोकथाम नियन्त्रण एव जोखिम न्यूनिकराण्का लागि सार्वजनिक स्थानमा सामुहिक जमघट गरि गौरा, तिज लगायतका पर्व मनाउन रोक लगाएको हो । प्रशासनले सुचना जारी गर्दै चाडपर्वहरु सार्वजनिक स्थहरुमा मानिसको सामुहिक जमघट, भेला हुने गरि मनाउने कार्यलाई पूर्ण रुपमा नगर्ने नगराउने भन्ने आदेश भएको हुँदा चाडपर्वहरु आ–आफ्नो घरमा रही जनस्वास्थ्य मापदण्ड पालना गरेर परिवारक ासदस्यसंग मात्र मनाउन अनुमति दिएकोछ ।

प्रशासकिय अधिकृत खगेन्द्र भारतीद्वारा हस्ताक्षरित गरिएको सुचनामा कहिकतै यस्ता क्रियाकलाप कोही कसैबाट उलङघन भए संक्रामक रोक ऐन २०२० लगायत अन्य प्रचलित कानुन बमोजिम कार्बाही हुने चेतावनी दिएको छ । उस्तै पनि यस बर्ष कोडिभका कारण गौरा, तिज लगायतका पर्वहरुमा प्रभावित हुने देखिएका छन् । घर, मदिरामा पुजाआजा बाहेक मेला, देउडा नहुने देखिएको छ । कोडिभ नियन्त्रण र यसबाट बाँच्नका लागि गौरा समिति सजक भएको स्थानीयको भनाई छ । परिस्थिति अनुसार परम्परागत धर्म संस्कृति मनाउनुपर्ने अगुवाहरुको सुझाव छ ।

ताजा समाचार