Saturday, December 3, 2022
गृहपृष्ठसमाचारनक्कली विद्यालय सिफारिस गरेको भन्दै ‘शुक्लाफाँटा नगर प्रमुख र शिक्षा शाखामा तालाबन्दी

नक्कली विद्यालय सिफारिस गरेको भन्दै ‘शुक्लाफाँटा नगर प्रमुख र शिक्षा शाखामा तालाबन्दी

नक्कली विद्यालय सिफारिस गरेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टको कार्यकक्षमा तालाबन्दी गरिएको छ । विद्यार्थी र शिक्षक संगगठनले मंगलबार नगर प्रमुख र शिक्षा शाखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेर गैर कानुनी काम गरेको भन्दै विद्यार्थी र शिक्षक संगठन आन्दोलित भएका हुन् ।
अनेरास्ववियू कञ्चनपुरका नेता अर्जुन भट्टले शुक्लाफाँटा नगरपालिका १०मा दर्ता भएको खप्तड शिक्षा सधन नामक निजी विद्यालयलाई नगरपालिकाले बेलौरी नगरपालिका ४मा सिफारिस गरेको छ । ‘यो विद्यालयको कुनै अभिलेख छैन, ‘उनले भने, ‘भौतिक संरचना पनि छैन, खै किन शुक्लाफाँटाबाट बेलौरी सिफारिस गरियो ।’ कञ्चनपुरका विद्यार्थी नेता समेत रहेका भट्टले निर्णय सच्याउन सुझाव दिएका छन् ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन शुक्लाफाँटा नगर अध्यक्ष महेश राज भट्ट, राष्ट्रिय शिक्षक सगठन नगर सचिव शंकर दत्त जोशी, अनेरास्ववियू जिल्ला सदस्य अर्जुन भट्ट र एन ब्याब्सन नगर संयोजक धिरेन्द्र साउदद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा तीन दिन भित्र दोषिलाई कार्बाही नगरि थप आन्दोलनको चेतावनी दिएका छन् । शुक्लाफाँटा नगरपालिकाले यस विषयमा छानबिन गरिने जनाएको छ ।

ताजा समाचार