Friday, August 19, 2022
गृहपृष्ठस्थानिय समाचारकोरोना कहरका कारण बेलडाँडी गाउँपालिकाद्धारा डि.जे., बजाएर चाडपर्व मनाउन रोक

कोरोना कहरका कारण बेलडाँडी गाउँपालिकाद्धारा डि.जे., बजाएर चाडपर्व मनाउन रोक

बेलडाँडी,
विश्वव्यापी महामारीका रुपमा फैलिएको करोना भाइरस (कोभिड १९) ले विकराल रुप लिन थालेपछि नजिकिदै गरेका विभिन्न चाडबाडहरु भिडभाड हुने गरी मनाउनमा रोक लगाएको छ ।
गत महिना २८ गते कार्यपालिकाको बैठकले भिडभाड नहुने कृयाकलापका साथ मास्क, सेनिटाइजर, सामाजिक दुरी कायम हुने गरी पुजा, आराधाना जस्ता कार्य गर्दा उच्च सतर्कता अपनाएर गर्न सबैमा सूचना गरेको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।

उहाँका अनुसार कसैले पनि भिडभाड हुने खालका गतिविधी डिजे, साउण्डबक्स, जस्ता बजाएर नाच गान नर्गन सबैमा अनुरोध गर्नु भएको छ । कोरोना भाइरस समुदायमा पसिसकेकाले सबैले सावधानी अपनाउनु पर्नेमा जोड दिनु भयो । हामीले संस्कृतिलाई रोक्न खोजेका हैनौ कसरी बेलडाँडी वासीलाई सुरक्षित पार्न सकिन्छ भन्ने मात्र हो ।

 

ताजा समाचार