Thursday, August 18, 2022
गृहपृष्ठराष्ट्रिय समाचारकृष्णपुरको अव्यवस्थित क्वारेन्टाईनमा करेन्ट लागेर महिला मृत्यु प्रकरण :

कृष्णपुरको अव्यवस्थित क्वारेन्टाईनमा करेन्ट लागेर महिला मृत्यु प्रकरण :

मृतक परिवारलाई १० लाख र श्रीमानलाई जागिर दिने सहमति पछि आन्दोलिन स्थगित

खडक बहादुर ओली कञ्चनपुर, ३० साउन

क्वारेन्टाईनमा करेन्ट लागेर मरेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मौरिफाँटाकी २३ बर्षिया महिला राधा ओडको परिवारलाई १० लाख नगद र उनका श्रीमानलाई रोजगारी दिईने भएको छ । पीडित, स्थानीय र नगरपालिका विच क्वारेन्टाईनमा करेन्ट लगेर मरेकी राधाको परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपैया दिने र श्रीमान रविन ओडलाई जागिर दिने सहमती भएको हो । कृष्णपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत शिवसिह भण्डारीले मृतक राधाका श्रीमान रविन ओडलाई योग्यता अनुसार नगरपालिकामा रोजगारी दिने, नगद रकम दिने विषयमा सहमती भएको बताए । ‘सहमती भएपछि आन्दोलन स्थगित भएको छ , ‘उनले भने, ‘हिजो सहमती भएका विषय आज (शुक्रबार) कार्यपालिका बैठकबाट पारित गरिन्छ ।’

प्रमुख प्रशासकिय अधिकृत भण्डारीले क्वारेन्टाईनका भएका कमिकमजोरी पत्ता लगाउनका लागि छानबिन समिति गठन गर्ने सहमती पनि भएको बताउँदै घटनाको घटनाको सत्यतथ्य छानबिन गरिने बताए । पीडित पक्ष र स्थानीयले नगरपालिकाले माग सम्बोधन गरेकाले आन्दोलन स्थिगत गरेर ताला खोलिएको र शव उठाउने तयारी गरेका छन् । मृतक राधाका जेठाजु देव बहादुर ओडले सहमती भएसंगै ताला खोलिएको र शव पनि आजै बुझ्ने बताए । ‘अहिले नगरपालिकासंग भएको सहमती अनुसार क्षतिपूर्ति दिने भएनिएको रकम मृतककी नाबालिका डेढ बर्षिया छोरी अजु ओडको नाममा राख्छौँ, ‘उनले भने, ‘छोरीको भविष्यका लागि सो रकम खर्चिने हो ।’

आन्दोलनका उत्रिएका नेपाली काँग्रेसका स्थानीय नेता दिल बहादुर देउवाले नगरपालिकासंग भएका सहमती कार्यान्वयन नभए फेरी आन्दोलनको चेतावनी दिए । ‘अहिले हामीले नगरपालिकासंग भद्र सहमती गरेका छौँ, ‘उनले भने, ‘त्यो सहमती नभए फेरी आन्देलनमा उत्रिन्छौँ ।’ विद्यार्थी नेत समेत रहेका स्थानीय टेक पाण्डेयले एम्बुलेन्स नहुँदा र प्रमुख उप प्रमुखले गाडी नदिदा महिलाको ज्यान गएको भन्दै अब उपरान्त यस्ता घटना घटे शसक्त आन्दोलनको चेतावनी दिए । उनले क्वारेन्टाईनका नाममा ३ करोड खर्चिदा पनि क्वारेन्टाईन अव्यवस्थित भएको भन्दै स्थानीय सरकारको बिरोध गरे । उनले नगरपालिकाको ध्यान क्वारेन्टाईनका नाममा बिल बनाउने खर्च देखाएर कमिसन तर्फ भएकाले उचित व्यवस्थापन अभावका कारण र समयमै अस्पताल पु¥याउँन नसक्दा मृत्यु भएको बताएका छन् ।

कोरोनाकै नाममा करोडौँ खर्च गर्ने एक बिरामी बोक्ने साधन जोह गर्न नसक्दा महिलाले ज्यान गुमाएको स्थानीयको टिप्पणी छ । एम्बुलेन्स बिग्रीएपनि नगरका जनता क्वारेन्टाईनमै मर्दा नगर प्रमुख कर्ण हमाल र उप प्रमुखसंग छुट्टा छुट्टै पझेरा जिप हुँदा पनि उनीहरुमा दया नपलाएको स्थानीयको आरोप छ । करेन्ट लागेका बिरामीलाई अस्पताल पु¥याउँन एम्बुलेन्स नै चाहिन्छ, भन्ने होईन दिन चाहेको भए नगर प्रमुख र उप प्रमुखसंग छुट्टाछुट्टै सवारी साधन छन् । ‘आफुलाई कम्युनिष्ट गरिबनको नेत भन्दै भोट माग्नेले जनता पीडामा पर्दा प्रमुखले आफ्नो गाडीमै अस्पताल पु¥याएको भए के हुन्छ, ‘उनले भने, ‘अनि महिला अधिकार भन्दै एउटी महिला सवारी साधन नपाएर छटपटिरहेका बेला उप प्रमुखले आफुले चढ्ने गाडीमा राधालाई अस्पताल लग्नु प्रदैन् ।’

घटनामा कञ्चनपुरका महिला अधिकारकर्मीको समेत ध्यानाकर्षण भएको छ । राधा ओड श्रीमान रविन ओड डेढ बर्षिया नाबालिका छोरी परिवार सहित भारतबाट मंगलबार दिउँसोतिर मातृभूमी नेपाल पुगेका थिए । मधरासमा रोजगारीमा रहेका ओड दाम्पत्ती भारतमा कोरोनाको कहर चलेका बेला सुरक्षाका लागि नालाबाला सहित नेपाल आए तर, जुन उदेश्य बोकेर उनीहरु नेपाल आएका थिए, ठिक त्यसको विपरित मातृभूमी टेकेकै दिन राधाको ज्यान गयो । ज्यान कोरोनाले होईन, क्वारेन्टाईन अव्यवस्थित भएकाले राधाले अकालमै ज्यान गुमाएकी छिन् । राधालाई करेन्ट लाग्नु भन्दा साता अघि सो क्वारेन्टाईनमा एक स्यालको मृत्यु भएको थियो । क्वारेन्टाईनमा लार्पबाहीका कारण महिलाको ज्यान गएको थियो । घटनाबाट थप पाठ सिक्ने मौका समेत मिलेको छ । घटनाको चौतफि बिरोध भत्र्सना गरिएको छ ।

ताजा समाचार