Monday, August 8, 2022
गृहपृष्ठराष्ट्रिय समाचारमहेन्द्रनगरमा बम नगर विकास समितिले लिजमा दिएको जमिनमा राखिएको बम सेनाद्वारा निष्कृय

महेन्द्रनगरमा बम नगर विकास समितिले लिजमा दिएको जमिनमा राखिएको बम सेनाद्वारा निष्कृय

कञ्चनपुर, २९ साउन

कञ्चनपुरको महेन्द्रनगरमा राखिएको बम नेपाली सेनाले निष्कृय पारेको छ । गयराती भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार सब्जीमण्डी रोड क्षेत्रमा राखिएको बम बिहीबार बिहान नेपाली सेनाले निष्कृय पारेको हो । तत्तकालिन महेन्द्रनगर नगर विकास समितिले लिजमा दिएको जमिन क्षेत्रमा बम भेटिएको थियो । नगर विकास समितिबाटै लिजमा जमिन लिएर निर्माण व्यवसायी देविदत्त भट्टले बनाएको घर नजिकै झोलमा प्रेसर कुकर बम फेला परेको हो । बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गयराती राखिएको बम बिहान ६:३० बजेतिर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बम फेला परेको क्षेत्रमा थारुवान स्वयत्त प्रदेश जिल्ला जनपरिष्द कञ्चनपुर लेखिएको पर्चा फेला परेको बताए । तर, पर्चामा के के उल्लेख भएको थियो, बारे भने उनले बताएनन् । कसले किन ? के उदेश्यका लागि सो क्षेत्रमा बम राखिएको बारे अनुसन्धान भईरहेको उनले बताए । तीन बर्ष अघि पनि अहिले बम राखिएको स्थानदेखि सडक पुर्वतिर नगरविकास समितिकै लिजमा लिएको जमिनमा काठ व्यवसायी कैलास सुनारले निर्माण भएको भवनमा बम राखिएको थियो । सो स्थानमा राखिएको बमबाट घरमा क्षति पुगेपनि यस पटकको बलले भने क्षति नभएको प्रहरीले जनाएको छ ।

बम कसले किन ? राखिएको विषयमा प्रहरीले अनुसन्धान गरेर घटना बाहिर ल्याउने जनाएको छ । दुई बर्ष बिराएर सोही क्षेत्रमा बम राखिएपछि स्थानीय समेत त्रसित भएका छन् । स्थानीय समेत कसले किन ? के उदेश्य राखेर बम राखेको भन्दै अन्यौलमा छन् । बम राखिएको बारे समाचार तयार पारुन्जेलसम्म आधिकारिक रुपमा कसैले जिम्मा लिएको थिएन् ।

ताजा समाचार