Tuesday, September 27, 2022
गृहपृष्ठस्थानिय समाचारमहाकाली सुगरमिलद्धारा किसानको उखुको भुक्तानी चुक्ता

महाकाली सुगरमिलद्धारा किसानको उखुको भुक्तानी चुक्ता

कञ्चनपुर,
जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नं.१० मा रहेको महाकाली सुगर इण्ष्ट्रिज प्रा.लि ले आ.व. ०७६,७७ मा उखु आपुर्ति गरेका सम्पुर्ण किसानहरुको उखुको भुक्तानी चुक्ता गरिसकेको छ ।

मिलले एक सूचना निकाल्दै यसै २५ गते सम्म सबैको भुक्तानी चुक्ता जनाएको छ । किसानको समस्यालाई मध्यनजर गर्दै सबैको भुक्तानी चुक्ता गरेको मिलले जनाएको छ, भने बैंक खाता नभएका किसानहरुले खाता नं. मिललाई उपलब्ध गराई आफ्नो भुक्तानी लिन अनुरोध गरेको छ ।

नेपाल सरकारबाट पाउने अनुदान मात्र बाकी रहेकोले उखु किसानहरुले गत बर्ष झै यस बर्ष पनि वडाको सिफारिस अनुसार फारम भरेर मिललाई बुझउन अनुरोध समेत गरेको छ ।
किसानहरु समयमै भुक्तानी पाएकाले मिल प्रति खुसी भएका छन् । किसानहरुले भने यसरी मिलले समयमै भुक्तानी उपलब्ध गराए आफुहरुको हौसला बढ्ने जनाए ।

ताजा समाचार