कञ्चनपुर,
जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नं.१० मा रहेको महाकाली सुगर इण्ष्ट्रिज प्रा.लि ले आ.व. ०७६,७७ मा उखु आपुर्ति गरेका सम्पुर्ण किसानहरुको उखुको भुक्तानी चुक्ता गरिसकेको छ ।

मिलले एक सूचना निकाल्दै यसै २५ गते सम्म सबैको भुक्तानी चुक्ता जनाएको छ । किसानको समस्यालाई मध्यनजर गर्दै सबैको भुक्तानी चुक्ता गरेको मिलले जनाएको छ, भने बैंक खाता नभएका किसानहरुले खाता नं. मिललाई उपलब्ध गराई आफ्नो भुक्तानी लिन अनुरोध गरेको छ ।
नेपाल सरकारबाट पाउने अनुदान मात्र बाकी रहेकोले उखु किसानहरुले गत बर्ष झै यस बर्ष पनि वडाको सिफारिस अनुसार फारम भरेर मिललाई बुझउन अनुरोध समेत गरेको छ ।
किसानहरु समयमै भुक्तानी पाएकाले मिल प्रति खुसी भएका छन् । किसानहरुले भने यसरी मिलले समयमै भुक्तानी उपलब्ध गराए आफुहरुको हौसला बढ्ने जनाए ।