बेलडाँडी,

कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाट क्षेत्रबाट यसै १८ गते लागु औषध ब्राउन सुगर सहित दुई भारतीय नागरिकले ल्याएको ब्राउन सुगर बेलडाँडी ईलाका प्रहरी कार्यालयमा स्वास्थ्यकर्मी, जनप्रतिनिधी र पत्रकारको रहोबरमा नष्ट गरेको प्रहरीले जनाएको छ ।
१८ गते नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टिम(आरआईटी) र इलाका प्रहरी कार्यालय बेलडाँडीको संयुक्त टोलीले सडकघाटबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । नेपाल तर्फ बेच्न ल्याईरहेको अवस्थामा भारतीय नागरिकको साथबाट ब्राउन सुगर सहित बरामद गरि उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुले ल्याएको केहि परिक्षणका लागि माथी पठाएको र १९. ३४० मिलीग्राम ब्राउन सुगर नष्ट गरेको बेलडाँडी प्रहरी प्रमुख राजेन्द्र सिंहले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो । उहाँका अनुसार प्रकृयागत लागुऔषध औषध ओसारपसार सम्वन्धि कारवाही प्रकृया अघि बढेको बताउनु भयो । आफुहरुको टोली लागुऔषध नियन्त्रणका लागि सिमा क्षेत्रमा गस्ती बढाएको बताउनु भयो ।
भारतको पिलिभित कम्भोजनगर पतैयाका गोबिन्द सिह र राजबिर सिहलाई उप्पर कारवाही प्रकृया अघि बढी सकेको बताए । अहिले पक्राउ गरिएका दुवै जना भारतीय नागरिक इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ । भारतीय नागरिककै कारण नेपाली युवक लागु औषधमा संलग्न हुन थालेका छन् भने बेलडाँडी, बेलौरी सुदूरपश्चिमकै लागुऔषध ओसारपसारको एक नं. चोरी नाका बन्न लागेको प्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् । यसलाई नियन्त्रण गर्नका लागि प्रहरीले अझै मेहेनत गर्नुपर्ने स्थानीयहरुको भनाई छ । ब्राउन सुगर खानेहरुलाई डर नहुने, जे पनि गर्न हिम्मत आउने हुनाले समुदायमा र्हिसात्मक घटना बढी हुन थालेको विज्ञहरुको भनाइ छ ।
