Tuesday, August 16, 2022
गृहपृष्ठआर्थिककोरोना रोक्न लालझाडीमा ५९ लाख १७ हजार खर्च

कोरोना रोक्न लालझाडीमा ५९ लाख १७ हजार खर्च

कञ्चनपुरको लालझाडी गाउँपालिकाले कोरोना रोकथामका लागि ५९ लाख, १७ हजार, ८ सय ९९ रुपैँया खर्च गरेको छ । लालझाडी गाउँपालिकाले सार्वजनिक गरेको कोरोना खर्चको विवरण अनुसार गत आर्थिक बर्ष २०७६÷०७७ चार महिनाको अवधिमा ५९ लाख, १७ हजार ८ सय ९९ रुपैया मात्रै खर्च गरेको हो ।

क्वारेन्टाईन व्यवस्थापन संचालक २ लाख, ७८ हजार, १ सय ८५, राहत १३ लाख, ६६ हजार, ८ सय ६६, स्वास्थ्य समागी ८ लाख, ७९ हजार, ७ सय ८४, क्वारेन्टाईनमा रहेका व्यक्तिको खाना खर्च २० लाख, ६९ हजार, ८४, जोखिम भत्ता ५ लाख, २३ हजार, ४ सय ८०, यातयात खर्च ३ लाख, ५० हजार, एम्बुलेन्स संचालन ३ लाख ५० हजार, आईसोलेशन तयारी तथा व्यवस्थापन ४ लाख, १५ हजार, ५ सय रुपैया खर्च भएको छ । गाउँपालिका, प्रदेश संघ सरकार लगायत अन्य सहयोगी संस्थाबाट ६७लाख, ७५ हजार, ९ सय ३१ रुपैया आम्दानी भएको थियो ।

ताजा समाचार