Friday, September 30, 2022
गृहपृष्ठविद्यार्थी विशेष४५ लाखको भवन सरस्वती मा.वि.लाई हस्तान्तर

४५ लाखको भवन सरस्वती मा.वि.लाई हस्तान्तर

लाल बहादुर एसके/पुनर्वास

जिल्लाको दक्षिण्ी क्षेत्र पुनर्वास नगरपालिकामा रहेको सरस्वती मा.विलाई प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट प्रदेश संसद तारालामा तामाङको पहलमा ४५ लाखको चार कोठे भवन हस्तान्त्रण गरिएको छ ।
आर्थिक वर्ष २०७५,७६ मा ३५लाख र आर्थिक वर्ष २०७६,७७ मा१०लाख प्रदान गरि भवन निर्माणमा सहयोग पुर्याएको र एक कार्यक्रमका विच आज भवन हस्तान्त्रण गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा कार्यक्रमका सभापती बिर्ख बहादुर सार्कीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार सभासद तामाङको पहलमा भवन निर्माण कार्य भएको बताए । उहाँले शिक्षामा गर्नुभएको लगानीले यस क्षेत्रका विद्यार्थीहरुको भविश्य निर्माणमा टेवा पुग्ने बताउनु भयो ।
हस्तान्तर कार्यक्रमका प्रमुख अतिथि तारा लामा तामाङmले भन्नु भयो शिक्षाक्षेत्रमा कुनै किसिमको समस्या आएमा आफूबाट हुने सहयोग पूर्णरूपमा रहने बताउदै प्रतिबद्धता समेत गर्नुभयो ।

उक्त कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका सदस्य बिर्ख बहादुर सार्की, विशिष्ट अतिथिमा पुनर्वास वडा नम्बर २ कावडा अध्यक्ष सन्त कुमार चौधरी, अथितिमा नेकपाका प्रदेश समिति सदस्य रमेश थापा लगायतका शिक्षा प्रेमीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालक विद्यालयका लेखापाल दिपक सार्कीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै थापाले भने अहिले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसले गर्दा शिक्षाक्षेत्रमा ठूलो समस्या भएको छ, भने छिटो भन्दा छिटो विद्यालय सञ्चालनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो । प्रदेश सभा सदस्य माननीय तारा लामा तामाङलाई विद्यालय परिवारको तर्फबाट धन्यवाद दिनुहुदै विद्यालयका समस्या बारे अझै विद्यालयका पुराना भवनहरूको जिर्ण अवस्थामा रहेको समेतअवगत गराउनुभयो ।

ताजा समाचार