Friday, August 19, 2022
गृहपृष्ठस्थानिय समाचारबृद्ध खाती दाम्पत्ती हत्या प्रकरण ः पाप दुरीबाट करायो छिमेकी प्रकास ऐरीले...

बृद्ध खाती दाम्पत्ती हत्या प्रकरण ः पाप दुरीबाट करायो छिमेकी प्रकास ऐरीले लठ्उँता समुहलाई चार लाख दिएर बृद्धबृद्धाको हत्या गराए

कञ्चनपुर,
अघिल्लो साता कञ्चनपुरको बेलौरी नगरपालिका ७ भगतपुरका एक बृद्ध दाम्पत्तीको हत्या प्रकरणमा चार जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार खाती दाम्पत्ती हत्या प्रकरणमा छिमेकी प्रकास ऐर सहितका चार जनालाई सार्वजनिक गरेको हो ।
खाती दाम्पतीका छिमेकी ५३ बर्षिया प्रकास ऐर, सोही ठाँउका ३५ बर्षिष दिनेश राना, ३६ बर्षिया होरी राना र भर्रा भनिने कृष्णपुर नगरपालिका २ वाणिका रवि रानालाई सार्वजनिक गरेको हो ।
घटना चारै जनाबाट गराईएको भएकाले उनीहरुलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बताए ।
अघिल्लो (शनिबार राती १६)मा भर्रा भनिने रवि राना सहितले घरमै गएर खाती दाम्पतीको हत्या गरेका थिए । घाँरिलो हतियार प्रयोग गरेर ६८ बर्षिया बेलीदेवी खाती र उनका श्रीमान ७० बर्षिया घनश्याम खातीको हत्या गरेको हो । बेलीदेवीको सोही दिन र घनश्यामको कोहलपुर मेडिकल कलेजको उपचारका क्रममा एक सातापछि मृत्यु भएको थियो ।
शुरुमा प्रहरीले खातीकै ३८ बर्षिया छोरा राजेश खाती र अभियुक्त दिनेश खातीलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले अनुसन्धानकै क्रममा खाती दाम्पत्तीका छोरा सहित उनकै साथी दिनेश पक्राउ गरिएको बताए । ‘छोराको घटनामा संलग्नता देखिएन, हामीले उनलाई छाडिदिए, ‘प्रवक्ता थापाले भने, ‘दिनेश राना र पछि छोराले छिमेकी प्रकास ऐरीको नाममा जाहेरी दिएपछि थप अनुसन्धान अघि बढाऔँ ।’
बृद्ध खाती दाम्पत्ती मार्न प्रकास ऐरले मुख्य योजनाकार रहेको समेत प्रहरीले जनाएको छ । ‘केही बर्ष अघि छिमेकी प्रकास र मृतक खाती दाम्पत्तीविच विवाद रहेछ, ‘प्रवक्ता थापाले भने, ‘त्यही विवादको बदला लिन खाती दाम्पत्ती मार्नका लागि प्रकासले चार लाख रुपैया दिएरको खुलेको छ ।’
ऐरीले आफ्नो घर परिवारमा जातु, जन्दरमन्तर टुनामुना लगाएर बिरामी हुन थालेपछि त्यहाँबाट विस्थापित गराउन भर्रा प्रयोग गरेर हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकोछ । ‘ऐरीले घनश्यामलाई बोक्सीको आरोप लगाएर मार्नकै लागि रवि रानालाई चार लाख दिने सहमती गरेको रहेछ, ‘प्रवक्ता थापाले भने, ‘जस मध्ये डेढ लाख रविकै घरबाट बरामद गरियो, बाँकी पैशाको विषयमा अनुसन्धान गर्दैछौँ ।’
प्रहरीले रविकै घरबाट डेढ लाख, चार थान मोबाईल, दुई मोटरसाईकल समेत बरामद गरेको छ । रविले प्रयोग गर्ने म३प १६१६ र एक सात समेत नभएका दिनेशले प्रयोग गर्ने म२प ४८५६ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ ।
मृतक खाती दाम्पत्तीका एक मात्र छोरा राजेश खाती मदिराका पारखी थिए । उनी मदिराका पारखी भएकाले ऐरी समुहले उनलाई दिनभर आफ्नै साथमा घुमाए, मदिरा सेवन गराए । उता राजेशको घरमा आमाबाबुको हत्या गरेपछि मात्रै दिनेशले आफ्नै मोटरसाईकलमा घर पु¥याए ।
घर पुगेका राजेशले आफ्ना बाबुआमा आँगनमै तेर्सिएको देखेर पुनः त्यही दिनेश रानालाई टेलिफोन गरेर बोलाएका थिए । घटनाकै भोलीपल्ट प्रहरीले घटनामा संलग्न दिनेश रानालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको थियो । चारै जनाले हत्याको योजना बनाउनेदेखि हत्यामा संलग्न भएको स्वीकार गरेका छन् ।
जिल्ला आदालतबाट ज्यान कसुरमा म्याद थप गरि चारैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बृद्ध दाम्पत्तीको हत्याका लागि चार लाख लगानी गरेका ऐरीले कुन प्रतिफल देखेर यत्रो महापाप गरे, अनि पैशाका लागि अरुको ज्यान लिनेले कुन अर्थमा घटना घटाउँदा एकातिर आफै जेलतिर र अर्कातिर समाजका कुर्कमको बिजारोपण गरेको भन्दै स्थानीयले कटाक्ष गरेका छन् । पाप दुरीबाट कराउँछ, अर्काको ज्यान लिदा आफै फन्दामा परिने घटनाले देखाएको छ । यस घटनामा प्रहरी सफल भएको स्थानीयको दावि छ । इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दको कमाण्डमा घटनाको अनुसन्धान थालिएको थियो । सोही दिन तालिमप्राप्त कुकुर समेत प्रयोग गरिएका थिए, भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी स्वयम अमर थापा घटना स्थल पुगेको थिए । घटनाकै दिन कुनै अवरोध, आरोह आन्दोलन भएकाले सुक्ष्म ढङगबाट घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । स्थानीयले जघन्य अपराधमा संलग्नमाथि कडा कानुनी कार्बाहीको माग समेत सारिएको छ । प्रकास ऐरका परिवारमाथि त्यस्तो जातु एव टुनामुना लगाएको भए प्रकास सिधै प्रहरी लगायतका सरकारी निकायका जान सक्ने, तर उनले कुविचारका कारण बृद्ध दाम्पत्तीको लठ्उँता युवा परिचान गरेर हत्या गराए । मदिराको बेफाईदा यहाँनिर देखिन्छ । जमिनदार मृतक खाती दाम्पत्तीका एक मात्र छोरा राजेश हुन् । उनी मदिराका पारखी भएकाले हत्याको योजना बनाउने समुहले उनलाई दिनभर मदिरा खुवाएर आफुसंग मख्ख पारिराखे । उता उनका जन्मदिने आमाबाबुको हत्या गराए । कतिपय स्थानीय गाँउलेहरुले खातीका बृद्धबृद्धाको हत्या पछि उनका छोरा मदिराका पारखीलाई हातमा लिएर जमिन हड्प्ने समेत सोच अनुसार छिमेकी ऐरीले घटना गराएको अथ्र्याएका छन् । मानवता बिरोधी घटनाको अहिले गाँउ,घर, नगर जिल्ला एव विश्वभरी भत्र्सना गरिएको छ ।

ताजा समाचार