कञ्चनपुर,
कञ्चनपुर कैलालीमा सोमबार राती देखि भारी बर्षा हुनथालेकाले मौसम विज्ञान विभागले सतर्कता रहन सबैलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले कञ्चनपुर, कैलाली जिल्लामा सोमवार मध्यरात देखि भारीवर्षा भएकोले उक्त क्षेत्र भित्रका चौधर, सुहेली, मोहना, खुटिया,कान्द्रा लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने र नदी तटिय क्षेत्र, होचा स्थानमा डुबान हुनसक्ने भएको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।

कैलाली कञ्चनपुरमा भारी बर्षा भएको छ । बर्षाले होचा स्थानहरु डुवानमा परेका छन् । भने बर्षाका कारण पुर्णरुपले जनजीवन कष्टकर बन्दै गएको छ । भारी बर्षाले मजदुरी गरि खानेलाई निकै समस्या परेको छ । चार महिनाको लकडाउनले बेरोजगार बसेका मजदुरहरु आज भोली केहि काम पाउनथाले पछि मौसमले समेत साथ नदिदा चिन्तित बनेका छन् ।
