Tuesday, August 16, 2022
गृहपृष्ठराष्ट्रिय समाचारप्रहरीको फरार सुचीमा रहेकै बेला २१ हजारको फराकिलो मतान्तरले विजयी रेशम चौधरीलाई...

प्रहरीको फरार सुचीमा रहेकै बेला २१ हजारको फराकिलो मतान्तरले विजयी रेशम चौधरीलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

कैलाली,
टिकापुर घटनाको मुख्य दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले संघीय संसद रेशम चौधरी लगायतका ११ जनालाई जन्मकैदको फैसला सुनाइसके पश्च्यात थरुहट थारुवान मोर्चाहरुले रिहाइको मागगर्दै आन्दोलन गर्दै आएका छन् ।

प्रहरीको फरार सुचीमा रहेका बेला राजपाबाट उमेदवार भई चौधरीले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएपछि उनी संघीय सांसद बनेका थिए । चौधरीले ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट तत्कालिन एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र पाइन् । चौधरी र शाहबीचको मतअन्तर २० हजार ९३५ रहेको थियो । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।

मोर्चाहरुले जनमतको कदर हुनुपर्ने माग राख्दै पटक पटक आन्दोलन गर्दै आएका थिए । आज शनिवार कैलालीमा पत्रकार सम्मेलन गर्दै मोर्चाले टीकापुर घटनाको राजनितिक रुपमा समाधान निकाल्नु पर्ने माग गरेका टिए ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या गरेको अभियोगमा जिल्ला अदालतले आफ्ना कार्यकर्तालाई फसाइएको भन्दै रिहाइका लागि जुनसकै आन्दोलन गर्न पनि मोर्चा तयार रहेको बताए । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले तीन महिना भित्र राज्यले उक्त घटनाको समस्या समाधान नगरे सरकार र सरकारमा रहेका मन्त्रीदेखि प्रधानमन्त्री सम्मलाई बहिस्कार गरिने चेतावनी समेत दिए । चौधरी सहितका ११ जनालाई ३ महिना भित्र रिहाइ गर्नुपर्ने मोर्चाको माग रहेको उनको भनाइ छ । मोर्चाले यसका लागि संघर्षका कार्यक्रम समेत तय गरेको छ ।

जसअनुसार साउन २५ गते प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भाद्र २ मा मानव अधिकार र नागरिक अगुवाहरुसँग छलफल गर्ने, भदौ ७ मा विरोध सभा गर्ने र भदौ ८ मा टीकापुर घटनालाई स्मरण गर्दै कालो दिनको रुपमा मनाउने सम्मेलन मार्फत जनाएको छ, भने त्यसैगरी असोज ३ मा देशव्यापी संविधानका धारा जलाउने र त्यतिन्जेलसम्म पनि माग पूरा नभए नयाँ आन्दोलनका कार्यक्रमहरु तय गरिने मोर्चाले जनाएको छ ।

मोर्चाको आन्दोलनमा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश समन्वय परिषद्, उत्पीडन समन्वय मञ्च कैलाली, नेपाल मगर संघ कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली, खसान रास्ट्रिय संघर्ष समिति, संघीय दलित शिल्पी मञ्च कैलाली र मिसन अम्बेडकर कैलालीले समेत एक्यबद्धता जनाएको संयोजक थारुले बताए ।

ताजा समाचार