Tuesday, September 27, 2022
गृहपृष्ठस्थानिय समाचारझगडा छुट्याउन गएका प्रहरीको टाउको फुट्यो, प्रहरीद्धारा झगडीयाहरुलाई मरणसन्न गरी कुटपिट

झगडा छुट्याउन गएका प्रहरीको टाउको फुट्यो, प्रहरीद्धारा झगडीयाहरुलाई मरणसन्न गरी कुटपिट

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी बजारमा हिजो बेलुका दुई युवाहरु विच झगडा हुदा झगडा छुट्याउन गएका प्रहरीको बोतल लागेर टाउको फुटेको छ भने टाउँको फुटेको झोकमा प्रहरीले प्रहरी हिरासतमा लिएर दुबै जनालाई मरणसन्न हुने गरी कुटेको छ ।

हिजो बेलुका करिब ५ बजेको समयमा चवन्नी वजारमा बेलडाँडी वडा नं.१ बस्ने अन्दाजी बर्ष २० को मनिष थापा र बेलडाँडी २ बस्ने अन्दाजी बर्ष २४ को गोविन्द विच झगडा हुदा झगडा छुट्याउन गएका प्रहरी जवान आनन्द गुरुङलाई बोतलले लाग्दा टोउको फुटेको हो । भने टाउको फुटेको झोकमा प्रहरीले दुबै जनालाई प्रहरी हिरासतमा राखेर मरणसन्न हुने गरी कुटपिट गरेको छ ।

 

सामान्य बोलचालको विषयलाई लिएर भएको झगडा हातहालाहालमा परिणत भए पछि एकले अर्कोलाई प्रहार गर्दा झगडा छुट्याउन गएका प्रहरी विचमा पर्दा प्रहार उनको टाउकोमा परेको प्रत्यक्षदर्शीहरुको भनाई छ । प्रत्यक्षदर्शीहरुका अनुसार ट्रफिक चेकका लागि चवन्नी वजारमा आएका प्रहरीले एक्कासी झडडा भएको देख्दा छुट्याउन जादा प्रहरीलाई चोट लागेको बताए तर प्रहरीलाई हान्ने उदेश्यले प्रहार नगरेको चवन्नी वजार व्यवस्थापन समितिका कोषाध्यक्ष नरेश शाहुले बेलडाँडी पोष्टालाई जानकारी गराउनु भयो । उहाँका अनुसार झगडा के विषयमा भएको हो आफुहलाई थाहाँ नभएको तर बजारमा झगडा भएको देख्दा आफु छुट्याउन त्यहाँ पुग्दा एकले अर्कालाई हान्ने क्रममा प्रहरीलाई लागेको बताए । प्रहरीलाई हान्ने उदेश्य नभएर एक झगडीयाले अर्कोलाई हान्ने बेला प्रहरीलाई लागेको बताए । लागेको बदला मरणसन्न गरी हान्नु ठिक नभएको बताए । प्रकृयागत तरिकाले हिरासतमा लगि कुटपिट गर्नु प्रहरीले गल्ती गरेको बताए । पिट्नुको बदला पिटेर समस्या समाधान नहुने भन्दै यसमा बन्दक बनाएर प्रहरीले पिट्नु कहाँ सम्मको न्याय भएको उनको भनाइ छ ।
यस्तै समाजसेवी मानोज बोहराले भने प्रहरीलाई हानौ भनेर नहानेको तर झगडा भएको बेला प्रहरी विचमा आउदा चोट लागेको बताए । हाम्रो सुरक्षामा आएका प्रहरीलाई अचानक भइपरी चोट लाग्दा त्यसको जवाफ हिरासतमा लगेर निलडाम हुने गरी कुट्नु ठिक नभएको बताए ।
जे जस्तो गल्ती भए पति प्रकृया अनुसार कारवाही गर्ने साठो प्रहरीले मरणसन्न हुनेगरी कुट्नु ठिक नभएको स्थानीइको भनाइ रहेको छ । मरणसन्न हुने गरी पिट्नु ठिक होइन । समस्या समाधान तिर लैजाने ठाउँमा समस्या प्रहरीले बल्झाइ रहेको स्थानीइको आरोप छ ।

वडा नं.१ का वडा अध्यक्ष तथा बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीका अनुसार हिरासतमा राखेर कुट्नु ठिक नभएको बताए । हिरासतमा राखेर प्रहरीले कुटेको प्रति चौतर्फी आलोचना भएको छ ।
बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार प्रहरीले हिरासतमा नकुटेको बताए । झगडीयालाई हिजो नै समातेर हिरासतमा ल्याएको बताउदै आफुबाट कुनै कुटपिट नगरिएको बताए । उहाँका अनुसार प्रकृया अनुसार कारवाही गरिने बताए । जनताको सुरक्षामा खटिएको प्रहरी नकुटिनु पर्ने वहाँको धारण थियो ।

ताजा समाचार