कोरोना रोकथाम एव नियन्त्रणका लागि कञ्चनपुरका स्थानीय तहले करोडौँ खर्च गरेका छन् । तर, क्वारेन्टाईनमा बिरामी भएकालाई अस्पताल पु¥याउन साधन प्रबन्ध गरिएकोछ । कोरोना बाहेकका बिरामबाट थलिएकालाई अस्पताल पु¥याउन न एम्बुलेन्स न अर्को साधन प्रबन्ध गरिएको छ ।

भीमदत्त नगरपालिका १३ सिद्धनाथ माध्यामिक विद्यालयको क्वारेन्टाईनमा बसेकी महिला दुर्गा भट्ट बिरामी भएपछि उनलाई अस्पाताल पु¥याउन एम्बुलेन्स मिलेन् । भीमदत्त नगरपालिका १० को जिमुवा स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स बिग्रीएपछि अन्य निकायका एम्बुलेन्स बिजी देखाएर एम्बुलेन्स नपाएपछि भीनपा १३ का वडाध्यक्ष लाल ब. शाहीले आफ्नै मोटरसाईकल दिएर बिरामीलाई अस्पताल पु¥याएका छन् ।
‘क्वारेन्टाईनमा बसेकी एक जना महिला बिरामी भईन, ‘भीमदत्त नगरपलिकासंग छुट्टै एम्बुलेन्स छैन, ‘अध्यक्ष शाहीले भने, ‘अन्य निकायसंग माग्दा दिएनन्, यि एम्बुलेन्स केका लागि हुन् ।’ कहिकतैबाट एम्बुलेन्स र सवारी साधन नपाएपछि आफ्नै मोटरसाईकलमा बिरामीलाई अस्पताल पठाएको अध्यक्ष शाहीले बताए । भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले नगरपालिकासंग छुट्टै एम्बुलेन्स नहुँदा समस्या भएको बताए ।
