Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीस्वाथ्यकर्मीको कोरोना बिमा

स्वाथ्यकर्मीको कोरोना बिमा

विकास सिह महता

कञ्चनपुरका स्वास्थ्यकर्मीको कोरोना बिमा गरिएको छ । महामारीका बेला जोखिम न्यूनिकरणका लागि स्वास्थ्यकर्मीको कोरोना बिमा गरिएको हो । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल मार्फत कोरोना बिमा गर्न शुरु गरिएको छ । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल कञ्चनपुरका उपाध्यक्ष केशव जोशीले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीको कोरोना बिमा गरिएको बताए ।

उपाध्यक्ष जोशीका अनुसार सिद्धार्थ ईन्स्योरेन्स लिमिटेड मार्फत कोरोना बिमा गरिएको छ । हालसम्म ५९ जना सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत स्वास्थ्यकर्मीको बिमा गरिएको छ ।

ताजा समाचार