Tuesday, August 16, 2022
गृहपृष्ठआर्थिककृष्णपुर नगरद्वारा कोडिभ खर्च सार्वजनिक कोरोना नियन्त्रणका लागि झण्डै तीन करोड खर्च

कृष्णपुर नगरद्वारा कोडिभ खर्च सार्वजनिक कोरोना नियन्त्रणका लागि झण्डै तीन करोड खर्च

कञ्चनपुर, २१ साउन

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कोरोना रोकथाम तथा निन्त्रणका लागि गरेको खर्च सार्वजनिक गरेको छ । कोरोना रोकथामका लागि स्थानीय तहले भ्रष्टाचार गरेको आरोप लागेका बेला कञ्चनपुरको कृष्णपुर नगरपालिकाले खर्च सार्वजनिक गर्ने पहिलो स्थानीय तह भएको छ । कोरोना रोकथाम एव नियन्त्रणका लागि स्थानीय सरकारले आँचाक्ली भ्रष्टाचार गरेको प्रतिपक्षीय लगायत स्वयम आफ्नै दलका सहकर्मी, केहीले आरोप लगाएका बेला जिल्लाको कृष्णपुर नगरपालिकाले खर्च र आम्दानी सार्वजनिक गरेको हो ।

चार महिनाको अवधिमा कृष्ण्पुर नगरपालिकाले २ करोड, ९८ लाख, ७० हजार ४ सय ८३ रुपैया खर्च गरेको छ । ०७६ चैत्रदेखि असार ०७७ सम्म उक्त रकम खर्च गरेको हो । कृष्णपुर नगरपालिकामा नगरपालिका स्वय, प्रदेश, संघीय सरकारबाट ३ करोड, ७९ लाख, २० हजार ३ सय रकम आएको थियो । सो मध्ये उक्त रकम खर्च भएको कृष्णपुर नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

८० लाख, ४९ हजार ८ सय १७ रुपैया बैंकमा जम्मा भएको छ । क्वारेन्टाईन व्यवस्थापन संचालक ६३ लाख, ३ हजार ५ सय ६३, राहत वितरण ७७ लाख ८० हजार, ७ सय ८४, स्वास्थ्य समाग्री खरिद ५७ लाख, ६० हजार, ५ सय ३३, क्वारेन्टईनमा रहेका व्यक्तिको खाना खर्च ९५ लाख, ८४ हजार, ६ सय ३, सरसफाई ५१ हजार, स्वयसेवक खर्च ३ लाख, ९० हजार खर्च भएको छ । कृष्णपुर नगरपालिकाले सबैभन्दा पहिलो खर्चको विवरण सार्वजनिक गरेको भन्दै स्थानीयले संयुक्त प्रतिकृया दिएका छन् । कसैले राम्रो कसैले खर्च बढि काम कम भएको टिप्पणी गरिरहेका छन् । अधिकाँसले भने खर्च विवरण सार्वजनिक कार्य सरानिय भएको बताएका छन् ।

ताजा समाचार