Monday, December 5, 2022
गृहपृष्ठदैनिक गतिविधीबल्मा खोला ज्यानमारा खोला बन्दै, सरोकारवालको ध्यानै पुग्दैन, सबै निकाय मौन

बल्मा खोला ज्यानमारा खोला बन्दै, सरोकारवालको ध्यानै पुग्दैन, सबै निकाय मौन

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको दैजी बेलडाँडी सडक खण्ड अर्थात हुलाकी सडकमा पर्ने बल्मा खोलामा पुल निर्माण कार्य समयमै समपन्न नुहदा यात्रुहरु मारमा पर्ने गरेका छन् ।
खोलामा भएको सिलेभ टुटेर ज्यान मार्ने खाल्डो बन्दा समेत सम्वन्धित निकायको ध्यान नपुगेपछि यात्रुहरु खुकुरीको धारमा हिड्न बाध्य भएका छन् । बर्षातको समय माथीबाट आउने भेलले खाल्डो झन बढ्दै गएकाले यात्रा गर्न अति जोखिम भएको छ ।

पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले झण्डै ४ बर्ष पुग्न लाग्दा समेत पुल निर्माणमा लाप्रवाही गरेको स्पष्ट देखिदा समेत सरोकार वालाले कुनै चासो देखाएको छैन् । ठुला गाडी भन्दा साना गाडी मोटरसाइकल चालकहरुलाई निकै समस्या भएको छ, मोटरसाइकलहरु मध्ये पनि उक्त सडकमा नयाँ यात्रा गर्नेहरुलाई झिन समस्या भएको छ । अधिकांस धेरै जसो मोटरसाइकलहरु त्यहाँ पल्टीने गरेका छन् । बर्षातको समयमा धमिलो पानीले केहि पनि देखिदैन उसैमा पानीको वहाफ वढी भएत झिन समस्या हुने गरेको पाइन्छ ।

खोला बढेको बहाना पारेर उक्त क्षेत्रका युवाहरुले मोटरसाइकल,मान्छे, साइकल तार्ने रोजगार त पाएका छन् । मान्छे नभएको बेला तिनीहरुले खाल्डो भएको ठाउँमा झिन खाल्डो पार्ने काम समेत गर्ने गरेको उक्त टोलीमा रहेका एक व्याक्तिले बताए । किन त्यसो गरेको भनि सोध्दा खाल्डोको डरले हामीले मोटरसाइकल तराउन पाउने बताए । यस्तो कार्यमा समेत सम्वन्धित निकायले चासो नदिदा समस्या माथी समस्या भएको छ ।

सिमानाका हिसावले बेदकोट नगरपालिका पर्ने भए पनि बेदकोटका नागरिक लाई त्यो सडक काम नलाग्ने हुनाले बेदकोट नगरपालिकाले चासो नदेखाएको यात्रुहरुको भनाई छ । भने बेलडाँडी, बेलौरी र पुर्नवास नगरपालिकाले समेत उक्त ज्यान मारा खाल्डोको विषयमा गम्भीर नभइदिएको प्रति स्थानीय चिन्तित बनेका छन् । एकले सोच्छ अर्को बनाउला अर्कोले सोच्छ हाम्रो एरिया परेन र अर्कोले सोच्छ बैकल्पीक बाटो कलुवापुर सडक खण्ड छदैछ भन्ने हिसावले उक्त खाल्डो मर्मत हुन नसकेको हो ।

ताजा समाचार