Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीमहेन्द्रनगर बजारमा अखाद्य गुणस्तहिन मिठाई

महेन्द्रनगर बजारमा अखाद्य गुणस्तहिन मिठाई

महेन्द्रनगर बजारमा अखाद्य गुणस्तहिन मिठाई खरिद बिक्रि भईरहेको छ । दर्शन बेकरीज एण्ड सप्लायर्स गड्डाचौकीबाट उत्पादन भएको सनपापडी मिठाई गुणस्तरहिन भेटिएको हो । निरज किराना पसलले सो उद्योगबाट आईतबार मिठाई खरिद गरेको थियो । निरज किराना पसलबाट आँगन स्वीट हाउसले खरिद गरेको मिठाई मध्ये पाँच किलोको प्याकेटमा गन्ध आएको गुणस्तहिन मिठाई भेटिएको हो ।

उपभोक्ता खगेन्द्र जोशी र टेक बहादुर साउदले खरिद गरेको मिठाई गुणस्तहिन अखाद्य भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । ‘हामीले स्वीट हाउसबाट किनेको मिठाई अखाद्य निस्कियो, ‘खगेन्द्र जोशीले भने, ‘यो कोरोन महामारीका बेला उपभोक्तामाथि ब्रम्हलुट भयो ।’ प्रहरीले उक्त अखाद्य मिठाईको मुचुल्का बनाएर उद्योगमा थप बुझने जनाएको छ । लकडाउनका बेला अखाद्य बस्तुको कारोबार एव बिक्रि वितरण गर्ने उद्योगमाथि कार्बाहीको माग अघि सारिएको छ ।

ताजा समाचार