Wednesday, August 10, 2022
गृहपृष्ठस्थानिय समाचारवडाध्यक्ष महरामाथि साँघात्मिक हमला गर्ने सात युवाले भने, – ‘हामीबाट गल्ती भयो,...

वडाध्यक्ष महरामाथि साँघात्मिक हमला गर्ने सात युवाले भने, – ‘हामीबाट गल्ती भयो, तर हाम्रा नाममा काँग्रेसले राजनीतिक ग¥यो’

कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर सिह माथि उनकै कार्यकक्षमा गएर साँघात्मिक हमला गर्ने सात युवाले आफुहरुबट गल्ती भएको स्वीकार गरेका छन् ।

नेपाली काँग्रेस निकट नेपाल दरुण दलका वडा सभापति नारद ठगुन्नाले उस्काई वडा लगेपछि त्यहाँ गएको बताउँदै उनीहरुले वडाध्यक्ष महरामाथि भएको हातपातको गल्ती स्वस्कार गरेका हुन् ।

तरुण दलका वडा सभापति नारद ठगुन्ना सहित उनीहरु बिरुद्ध प्रहरीले उपद्रोप मुद्दा दायर गरेको थियो । धरौटीमा रिहा भएका उनीहरुले आत्माआलोचना गर्दै आफुहरु प्रहरी हिरासतमा रहेका बेला काँग्रेसले आफ्ना कार्यकर्ता भनि अनावश्यक राजनीतिकरण गर्न खोजेको प्रति आपत्ति जनाए । मानिसको हातबाट गल्ती हुन्छ, गल्तीको हामीले कानुन अनुसार सजाय पनि भोकिरहेका छौँ, यो अलानो, फलानो भनेर सडकमा नाङ्गा नाच देखाउनु निन्दनिय कार्य भएको भन्दै उनीहरुले समाजिक रुपमा वडाध्यक्षसंग आम माफि मागेका छन् ।

वडाध्यक्ष महराले पनि कसैको उस्काहटमा लागेर गरिएको गल्तीको अब उपरान्त नगर्ने प्रतिबद्धता जाहेर गरेपछि माफि दिएका छन् । ‘मैले यसै वडाका युवालाई कुलतमा नफस्नु, फस्दा आफु र समाजलाई घाटा हुन्छ, भनेको थिए, ‘वडाध्यक्ष महराले भने, ‘यस्तो गल्ती अव उपरान्त कहिल्यै नगर्नु कसैले गर्न लगाए नजानु होला ।’

सातै जना युवा आनन्द ठगुन्ना, नविन ठगुन्ना, कमान ठगुन्ना, बसन्त ठगुन्ना, लोकेन्द्र कृष्णसिह, र नरेन्द्र ठगुन्नले एक प्रेस विज्ञप्ती प्रकासित गरेर काँग्रेसमा न थिए, न जाने प्रण गरेका छन् । उनीहरुले आफुहरुले गल्ती गर्र्दा गर्दैपनि क्षणिक स्वार्थका लागि बचाउन पक्ष लागेर गैर राजनीतिक गतिबिधी गरेको चरित्रार्थ देखाएको बताएका छन् । आफुहरुले एक पटक गल्ती गरेकाले अरुलाई पनि गल्ती नगर्न उनीहरुले सुझाव दिदै आफुले गल्ती गर्दा अरुले आफ्ना स्वार्थका लागि अनावश्यक खेल्ने अनुभव लिएका छन् ।

ताजा समाचार