Wednesday, January 26, 2022
गृहपृष्ठ जिवनशैली जिल्ला अध्यक्षमा पराजय पातल भन्छन् ः सामाजिक सञ्जालमा दखल राख्ने मित्रहरुले मेरो...

जिल्ला अध्यक्षमा पराजय पातल भन्छन् ः सामाजिक सञ्जालमा दखल राख्ने मित्रहरुले मेरो चिन्ता नगरे हुन्छ बरु आफ्नो र आफ्नो पार्टीको चिन्ता गर्नुस्

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुुुुर जिल्लाको आठौं अधिवेशन बाट अध्यक्ष पदमा हारेका बिर बहादुर थापा पातलले सामाजिक सञ्जाल फेसबुकमा दखल गर्ने होच्याउनेहरुलाई मेरो चिन्ता नर्गनुस् बरु आफ्नो र आफ्नो पार्टीको चिन्ता गर्नुस् भने ।

सामाजिक सञ्जाल फेसबुकमा थापाका लाई होच्याउने गरी पुर्व पार्टी माओवादीका साथीहरुले स्टाटस लेख्न थाले पछि थापाले भने “यो हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) कंचनपुर को आठौँ अधिवेशनको निर्वाचनमा मलाइ मत दिनु हुने प्रतिनिधी कमरेडहरु प्रति उच्च सम्मान व्यक्त गर्द्छु । साथै अधिवेशन सफल पार्न अहम भुमिका निर्वाह गर्नु हुने सम्पुर्ण प्रतिनिधि कमरेडहरु, नेता ज्युहरु, आयोजक कमरेडहरु, विभिन्न उप समितीका कमरेड हरु, स्वमसेवक कमरेडहरु, निर्वाचन कमिटीका कमरेडहरु, अध्यक्ष मन्डलका कमरेडहरु लगाएत सम्पुर्ण शुभचिन्तक, समर्थक लगायत सुरक्षाकर्मी मित्रहरु सबैमा हार्दिक धन्यवाद व्यक्त गर्द्छु।

साथै निर्वाचित सम्पुर्ण पदाधिकारी कमरेड हरु लाई हार्दिक बधाइका साथै उप बिजेता कमरेडहरुलाइ पनि यो आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रुप मा ग्रहण गर्न पनि हार्दिक अनुरोध गर्दछु। आदरणीय सामाजिक सञ्जालमा दखल राख्ने क्रान्तीकारी मित्रहरु तपाईंहरुले मेरो चिन्ता नगरे कै वेश हुन्छ । तपाईंहरु र तपाईंहरुको पार्टीको चिन्तागर्नु होस । त्यसै मा भलो छ।”

ताजा समाचार

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन सुरु

धनगढी, सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ। अहिले बिहान ९ बजेबाट निर्वाचन सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान दिउसो ३ बजेसम्म...

आज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

कञ्चनपुर, आज देश भर राष्ट्रिय निर्वाचन हुदैछ । सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय २७ जना मतदाता...

बेलडाँडीमा चितुवाले दैनिक किसानका बाख्रा खादै, सम्वन्धित निकाय मौन

बेलडाँडी, बेलडाँडीमा दैनिक चितुवाले किसानका बाख्रा खानथालेको धेरै भइसक्यो । प्रत्येक रातै पिच्छे चितुवा गाउँमा पसरे किसानले मेहिनेत गरेर पालेका खसी बाख्रा खान थालेको छ...

जिल्ला लिग फुटवल प्रतियोगिता सम्पन्न ,दिपज्योती च्याम्पियन

बिकाश सिंह महता/ महेन्द्रनगर अखिल नेपाल फुटबल संघ 'एन्फा' को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालित जिल्ला लिग फुटबल प्रतियोगिता २०७७/०७८ अन्तर्गत...
5,613LikesLike
14FollowersFollow