Wednesday, January 26, 2022
गृहपृष्ठ जिवनशैली एमाले जिल्ला अध्यक्ष थापालाई सर्वसम्मत बनाउने तयारी, बिष्टको प्रदेशमा व्यवस्थापन हुने

एमाले जिल्ला अध्यक्ष थापालाई सर्वसम्मत बनाउने तयारी, बिष्टको प्रदेशमा व्यवस्थापन हुने

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा वीरबहादुर थापा पातल बन्ने सम्भावना लगभग पक्का भएको छ । हाल एमालेको जिल्ला अध्यक्ष रहेका थापाको नाममा सहमती हुने सम्भावना बढी देखिएको एमाले स्रोतले जनाएको छ ।

एमाले सचिव समेत रहेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट,प्रदेशका सह इन्चार्ज कर्ण थापा र प्रदेश अध्यक्ष दामोदर भण्डारी थापालाई सर्वसम्मत अध्यक्ष बनाउन सहमत भएका छन् ।

कञ्चनपुर अध्यक्षमा थापासहित भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र अशोक चन्द प्रतिस्पर्धामा छन् । तर, चन्दले सहमति हुने अवस्थामा थापालाई नै सहयोग गर्ने बचन दिइसकेका छन् ।उनलाई सहमतिमा सचिव वा उपसचिव बनाउने तयारी छ ।

हाल जिल्ला सचिव रहेका विष्टको पक्षमा भने कञ्चनपुर जिल्ला इन्चार्ज निरु पाल छन् । उनलाई केन्द्रीय सदस्यहरु नरबहादुर धामी र कृपा रानाको मात्र साथ छ । थापालाई जिल्लाका अधिकांश नेता कार्यकर्ताहरुको साथ रहेको छ । उनलाई केन्द्रीय सदस्य कमला बोहरा,इन्दु कडरिया, जिल्ला उपाध्यक्ष लक्ष्मी बुढा,नेताहरु जयराज पाण्डे,शेरबहादुर चन्द, गगन खत्री, टेक हमाल लगायतको साथ रहेको छ ।

कञ्चनपुुरमा नेतृत्वमा सहमति नभएपनि अध्यक्षमा थापा र बिष्टकै प्रतिस्पर्धा हुनेछ । थापाले आफु सहमतीको पक्षमा रहेको तर निर्वाचन भएपनि आफु प्रतिस्पर्धा गर्न तयार रहेको सन्देश दिएका छन् । तर, विष्ट पक्षीय नेताहरुले भने उनलाई प्रदेश र केन्द्रीय आयोगमा व्यवस्थापन गर्नको लागी लविङ गरिरहेका छन् । थापाले भने आफु जिल्ला अध्यक्ष बाहेक अन्यत्र नजाने स्पष्ट पारिसकेको उनि निकट स्रोतले बतायो ।

थापा यसअघि नेकपाको समेत अध्यक्ष थिए । उनी पार्टी विभाजनको बेला अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका थिए । माओवादी पृष्ठभुमिका थापा त्यतिबेला ओलीको पक्षमा उभिने एक मात्र जिल्ला अध्यक्ष थिए । उनि सात वर्षभन्दा बढी जेल समेत परेका नेता हुन ।

बिष्ट विचमा लामो समय कुनै कित्तामा नलागेपनि अन्तिममा भने ओलीको पक्षमा खुलेका थिए । उनलाई कञ्चनपुर एमाले इन्चार्ज पाल अध्यक्ष बनाउन लागेकी छन् । एउटै निर्वाचन क्षेत्र भएको र पछी निर्वाचनमा सहयोग पुग्ने भएकाले पालले विष्टलाई बोकेको कञ्चनपुरका नेता कार्यकर्ताहरु बताउछन् । सहमतीमा नेतृत्व टुंगो लगाउन पहल गर्नुपर्नेमा इन्चार्ज नै एउटा व्यक्तिलाई समातेर अघि बढेपछि उनको भुमिकाप्रति प्रदेश नेतृत्व समेत असन्तुष्ट छ ।

प्रदेश नेतृत्वलाई सर्वसम्मती भए आफु सचिव वस्न समेत तयार रहेको सन्देश विष्टलाई दिएको स्रोत बताउछ । प्रदेश नेतृत्वले उनलाई सचिव वा प्रदेशमा ल्याएर व्यवस्थापन गर्नेबारे छलफल गरिरहेको एक नेताले बताए ।

एमालेले पार्टी एकतालाई मजबुत बनाउन र स्थानीय तह,प्रदेश र संघको निर्वाचनलाई मध्यनजर गर्दैै सबैतिर सर्वसम्मत नेतृत्व चयन गर्नको लागी पहल गरिरहेको छ । धेरैजस्तो जिल्लामा सर्वसम्मत नेतृत्व एमालेले चयन गरिसकेको छ भने केही जिल्ला प्रयास जारी छ ।

कञ्चनपुरमा समेत थापालाई नै सर्वसम्मत अध्यक्ष बनाउन प्रयास जारी छ । उनले यसअघि केन्द्रीय सदस्य वा प्रदेश पदाधिकारी हुने चाहना व्यक्त गर्दा पार्टी अध्यक्ष ओलीले नै उनलाई जिल्लाको नेतृत्वमा बस्न निर्देशन दिएको स्रोत बताउछ ।

थापाले यसअघि पार्टी एकतालाई बचाउन आफु जेठ २ को निर्णयलाई समेत मान्न तयार रहेको बताएका थिए । उनले अध्यक्ष पद तत्कालिन एमाले अध्यक्ष तारा लामा तामाङलाई हस्तान्तरण गर्न तयार रहेको बताएका थिए ।

अहिलेसम्म कुनै पनि अवसर नपाएका थापा कञ्चनपुरमा त्यागी नेताका रुपमा चिनिन्छन् । उनलाई सर्वसम्मत अध्यक्ष बनाउन बहुसंख्यक नेता कार्यकर्ताको माग छ ।

ताजा समाचार

पुनर्वासमा मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको मृत्यु

जुद्ध चौधरी/पुनर्वास, मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको ज्यान गएको छ । बुधवार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ३ माईली बजारमा दुर्घटना भएको हो ।...

बेलडाँडीमा अवैध बाटोबाट तीन जना कर्मचारी भर्ना, माओवादी केन्द्र बेलडाँडीद्धारा अवैध कर्मचारी भर्ना खारेजीको माग

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा अबैध कर्मचारी भर्ना गरेको भन्दै नेकपा माओवादी केन्द्र बेलडाँडीले खारेजीको माग अघि सारेको छ । आज कार्यालयका नयाँ अधिकृत संगको...

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन सुरु

धनगढी, सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ। अहिले बिहान ९ बजेबाट निर्वाचन सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान दिउसो ३ बजेसम्म...

आज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

कञ्चनपुर, आज देश भर राष्ट्रिय निर्वाचन हुदैछ । सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय २७ जना मतदाता...
5,613LikesLike
14FollowersFollow