Wednesday, January 26, 2022
गृहपृष्ठ जिवनशैली सुदूरको स्वास्थ्य शिक्षा र सस्कृति कला क्षेत्रको योगदान पु¥याएको भन्दै सम्मान

सुदूरको स्वास्थ्य शिक्षा र सस्कृति कला क्षेत्रको योगदान पु¥याएको भन्दै सम्मान

 मदन नेपाली/कञ्चनपुर

सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य शिक्षा, कला संस्कृति संरक्षण प्रर्बद्धनमा योगदान पु¥याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

शनिबार महेन्द्रनगरमा बझाङ्ग लोक साँस्कृतिक सरक्षण मञ्चले आयोजना गरेको भुवा भुस्सो कार्यक्रममा कञ्चनपुरका तीन व्यक्तित्व सम्मानित भएका हुन । सुदूरको स्वास्थ्य शिक्षामा योगदान पु¥याएको पुर्व शिक्षक समेत रहेका महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर), सुपको कला, साहित्य, लोक संस्कृति संरक्षण गरेको भन्दै कलाकार लक्ष्मण अधिकारी र सुप विश्वविद्यालयका प्राध्यापक एव भाषामा योगदान पु¥याएको भन्दै डा. हरिशचन्द्र भट्टलाई सम्मान गरेको हो ।

सुप प्रदेशका सभामुख अर्जुन बहादुर थापाले बोक्सर, अधिकारी र भट्टलाई दोसल्ला ओढाएर प्रमाण पत्र हस्तान्तरण गर्दै सम्मान गरेका हुन । सुदूरको लोक संस्कृति संरक्षणका लागि बझाङ्ग लोक साँस्कृतिक सरक्षण मञ्चले महेन्द्रनगरमा समेत भुवा भुस्सो खेलेका थिए । कार्यक्रममा सहभागि अगुवाहरुले सुदूरको लोक संस्कृति संरक्षणका लागि नयाँ पुस्ता समेत अग्रसर हुनुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन सुरु

धनगढी, सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ। अहिले बिहान ९ बजेबाट निर्वाचन सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान दिउसो ३ बजेसम्म...

आज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

कञ्चनपुर, आज देश भर राष्ट्रिय निर्वाचन हुदैछ । सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय २७ जना मतदाता...

बेलडाँडीमा चितुवाले दैनिक किसानका बाख्रा खादै, सम्वन्धित निकाय मौन

बेलडाँडी, बेलडाँडीमा दैनिक चितुवाले किसानका बाख्रा खानथालेको धेरै भइसक्यो । प्रत्येक रातै पिच्छे चितुवा गाउँमा पसरे किसानले मेहिनेत गरेर पालेका खसी बाख्रा खान थालेको छ...

जिल्ला लिग फुटवल प्रतियोगिता सम्पन्न ,दिपज्योती च्याम्पियन

बिकाश सिंह महता/ महेन्द्रनगर अखिल नेपाल फुटबल संघ 'एन्फा' को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालित जिल्ला लिग फुटबल प्रतियोगिता २०७७/०७८ अन्तर्गत...
5,613LikesLike
14FollowersFollow