Wednesday, January 26, 2022
गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार भारतबाट उखु तस्करी, नेपाली किसान मारमा ! उखु तस्करी रोक्न जसपाको प्रहरी...

भारतबाट उखु तस्करी, नेपाली किसान मारमा ! उखु तस्करी रोक्न जसपाको प्रहरी सहितका सरोकावाला निकायलाई ज्ञापन

कञ्चनपुर,
कञ्चनपुरका बेलडाँडी, बेलौरी, पूनर्वास, लालझाडी, शुक्लाफाँटा लगायतका नेपाल किसानले नगदे बालीमा रुपमा उखु खेती गरेका छन । खेतभरी उखु लटरम्म फलेको उखु बेच्नका लागि तयारी अवस्थामा छ ।

नेपाल(कञ्चनपुर)मा उखु उत्पादन भएपनि भारतबाट उखु तस्करी भईरहेको छ । भारतबाट उखु समेत तस्करी हुन थालेपछि नेपाली किसान मारमा परेका छन । कञ्चनपुरका दुई चिनी उद्योगले चिनी उत्पादनका लागि यस बर्ष मंसिरदेखि उखु खरिद गर्न थालेपछि भारतबाट उखु तस्करी भईरहेको हो ।

सरोकारवाला निकायकै मिलोमतोमा भारतबाट उखु तस्करी भएर नेपाली उद्योगमा बिक्रि वितरण भईरहेको छ । स्थानीय किसानले आफ्नो उखु खरिदका लागि चिनिमिलले आलटाल गरेपनि भारतबाट तस्करी भएर आउने उखु खरिद गरिरहेको आरोप लगाएका छन ।

बेलडाँडीका स्थानीय उखु किसान पदम रानाले भारतबाट उखु तस्करी भएर चिनीमिलमा आउन थालेपछी नेपाल किसान मारमा परेको बताए । उनले भारतबाट आउने उखुमा सीमा क्षेत्रमा खटिने प्रहरीदेखि चिनीमिलकै मिलोमतो हुने दावि गरे । ‘सीमाबाट धमाधाम उखु नेपाल भित्रिन्छन, ‘उनले भने, ‘भारतबाट उखु तस्करी भएर नेपाल आउँदा हाम्रो उखु खरिदमा आलटाल गर्छन ।’ बेलौरी किसान प्रेम चौधरीले सीमा क्षेत्रबाटै सेटिङ्ग गरेर रातीका बेला टेक्टरमा नेपाली किसानको पर्चीमा बेचिरहेको बताए । ‘सबैतिर मिलोमतो छ, भारतबाट लाखौँ क्विन्टल उखु नेपाल भित्रिरहेको छ, ‘उनले भने, ‘कसैले पनि नियन्त्रणका लागि चासो दिदैनन, दिउँन पनि कसरी सबै मिलेका छन ।’ भारतबाट उखु तस्करी हुन थालेपछि नेपाली किसानले चिनीमिलमा बेच्न लागेको उखु सडकमै थन्किएको छ ।

भारतबाट तस्करी भएर उखु भित्रिन थालेपछि जनता समाजवादी पार्टीले चासो दिएकोछ । जनता समाजवादी पाटी नेपाल कञ्चनपुर क्षेत्र नम्बर १ ले भारतबाट तस्करी भएर नेपाल भित्रिने उखु रोक्नुपर्ने माग अघि सारेर महाकाली सुगर ईण्डष्ट्रिज प्राली सहितका चार सरकारी निकायमा ज्ञापन पत्र बुझाएको छ ।

जसपा कञ्चनपुरका नेता एव केन्द्रीय अनुशासन सदस्य अमर सिह विष्टले भारतबाट उखु तस्करी हुँदा नेपाल किसान मारमा पर्दै गएपछि पार्टीले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको बताए । ‘भारतबाट धमाधाम उखु तस्करी भईरहेको छ, ‘उनले भने, ‘सीमा क्षेत्रमा रोक्ने प्रयास समेत भएन, उतैबाट आएको उखुलाई उद्योगले समेत लिन थाल्यो, नेपाली किसानमा मारमा पर्दै गए, ‘उनले भने, ‘हाम्रा किसानको पिरमर्का बुझेर चिनीमिल सहितका सरकारी निकायको ध्यानाकर्षण गराएका छौँ ।’

उनका अनुसार बेलौरी नगरपालिका, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल (बोओपी) किसान यूनियनलाई ज्ञापन पत्र बुझाएको छ । ‘हामीले भारतबाट अवैध रुपमा आउने उखु रोक्नका लागि प्रहरी, सशस्त्र प्रहरी सहित उद्योग, किसान यूनियन र स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका छौँ, ‘उनले भने, ‘भारतबाट आउने उखुमा सबैले अनविज्ञता प्रकट गरेका छन ।’

सबै निकायबाट रोक्ने प्रतिबद्धता आएको उनले बताए । तर, जसपाको टोलीसंग महाकाली सुगर ईन्डिष्ट्रिजका अधिकारीले भारतबाट उखु आउने गरेको स्वीकार गरेको जसपा नेता विष्टले बताए । ‘हामीसंग चिनीमिलका अधिकारीले भारतबाट उखु आउने गरेको स्वीकार गरेका छन, ‘उनले भने, ‘नेपाली पर्चीमा ल्याउँदा भारत वा नेपाल कहाँबाट आएको एकिन गर्न नसकिने बतायो ।’

जसपा क्षेत्र नम्बर १का बेलौरीका नगर अध्यक्ष बिरेन्द्र रानाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा सीमादेखि उद्योगसम्म भारतकै उखु रहेकाले नेपाली किसानको उखु खरिद गर्न माग अघि सारिएको छ । अब उपरान्त भारतबाट उखु नेपाल भित्रिए जसपाले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल केन्द्रिय अनुसासन सदस्य अमर सिंह बिष्ट संघिय परिषद सदस्य सत्या देबि चापागाईं जिल्ला कोसाअधक्ष खेमराज जोशी जिल्ला सदस्य प्रकाश थापा नेता रामकृष्ण राना बासुदेव राना खुसिराम चौधरी बेलौरी नगर अध्यक्ष बिरेन्द्र राना रहेका थिए ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार

पुनर्वासमा मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको मृत्यु

जुद्ध चौधरी/पुनर्वास, मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको ज्यान गएको छ । बुधवार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ३ माईली बजारमा दुर्घटना भएको हो ।...

बेलडाँडीमा अवैध बाटोबाट तीन जना कर्मचारी भर्ना, माओवादी केन्द्र बेलडाँडीद्धारा अवैध कर्मचारी भर्ना खारेजीको माग

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा अबैध कर्मचारी भर्ना गरेको भन्दै नेकपा माओवादी केन्द्र बेलडाँडीले खारेजीको माग अघि सारेको छ । आज कार्यालयका नयाँ अधिकृत संगको...

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन सुरु

धनगढी, सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ। अहिले बिहान ९ बजेबाट निर्वाचन सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान दिउसो ३ बजेसम्म...

आज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

कञ्चनपुर, आज देश भर राष्ट्रिय निर्वाचन हुदैछ । सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय २७ जना मतदाता...
5,613LikesLike
14FollowersFollow