Wednesday, January 26, 2022
गृहपृष्ठ जिवनशैली शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्ट

शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्ट

कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकेन्द्र राज भट्टलाई जिम्मेबारी पाईएको छ । सोही नगरकै शिक्षा शाखा प्रमुख रहेका भट्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी पाईएको हो । संघ तर्फबाट सिनियर अधिकृत भएकाले उनलाई नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी दिएको हो । यस अघि सोही पालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका विशन सिह थापा कैलालीको सहायक प्रमुख जिल्ला अधिकारी भएर सरुवा भएपछि भट्टलाई जिम्मेबारी दिईएको हो । ०५० प्रावि शिक्षक नाम निकालेका भट्टले , ०५८ प्राविधिक सहायक, ०६३ शाखा अधिकृत भई तत्तकालिन जिल्ला शिक्षा कार्यालय कञ्चनपुर हुँदै विभिन्न जिल्लामा कार्यरत थिए । काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक भौतिक पूर्वाधार मन्त्री हुँदा उनले स्वकीय सचिव भएर काम गरेका थिए । अब्बल अधिकृत रुपमा परिचित भट्टले अर्थशास्त्र, राजनीतिशास्त्रबाट स्नाकोत्तर गरेका थिए । उनलेको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी सम्हालेसंगै नगरकै चुस्त दुरुस्त प्रशासनिका कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार

पुनर्वासमा मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको मृत्यु

जुद्ध चौधरी/पुनर्वास, मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको ज्यान गएको छ । बुधवार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ३ माईली बजारमा दुर्घटना भएको हो ।...

बेलडाँडीमा अवैध बाटोबाट तीन जना कर्मचारी भर्ना, माओवादी केन्द्र बेलडाँडीद्धारा अवैध कर्मचारी भर्ना खारेजीको माग

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा अबैध कर्मचारी भर्ना गरेको भन्दै नेकपा माओवादी केन्द्र बेलडाँडीले खारेजीको माग अघि सारेको छ । आज कार्यालयका नयाँ अधिकृत संगको...

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन सुरु

धनगढी, सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ। अहिले बिहान ९ बजेबाट निर्वाचन सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान दिउसो ३ बजेसम्म...

आज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

कञ्चनपुर, आज देश भर राष्ट्रिय निर्वाचन हुदैछ । सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय २७ जना मतदाता...
5,613LikesLike
14FollowersFollow