Wednesday, January 26, 2022
गृहपृष्ठ जिवनशैली माओवादी केन्द्रको अध्यक्षमा शाह

माओवादी केन्द्रको अध्यक्षमा शाह

बिकाश सिंह महता/कञ्चनपुर ,
नेकपा माओवादी केन्द्र बेलडाँडिको अध्यक्षमा डम्मर बहादुर शाह चयन भएका छन् ।
बिहिवार माओवादी केन्द्र बेलडाँडिको प्रथम गाउँपालिका अधिवेशन बाट शाहको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी बिस्तार गरिएको छ।

उपाध्यक्षमा जनक राज गिरि ,प्रकाश खत्री ,सचीवमा चेत बहादुर शाह ,सहसचिव कर्मु राना र कोषाध्यक्षमा जुना मिजार चयन भएका छन् ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्व खानेपानी मन्त्री बिना मगरले सम्मेलनको उद्धघाटन गरेकी थिइन् ।
प्रमुख अतिथि समेत रहेकी माओवादी नेतृ मगरले नवनिर्वाचित कमिटीलाई बधाई दिदै जनपक्षीय काममा खट्न निर्देश दिनु भयो। साथै नवनिर्वाचित कमिटी लाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् प्रदेश सभा सदस्य महेश दत्त जोशी,संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्ट ,माओवादी केन्द्रका नेता मोहन गिरि,दिपक तिमिल्सेना ,करन चौधरी ,बेलडाँडी गाउँपालिका सह-इन्चार्ज कल्पना गिरी,ईश्वरि दत्त भट्ट ,नन्द किशोर एस.के ,रमा भण्डारी ,वाइसीएल इन्चार्ज अर्जुन साउँद लगायतको उपस्थिति रहेको थियो।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाश चन्द्र गिरीले कार्यक्रमको संचालन गरेका थिए।
प्रथम गाउँपालिका अधिवेशनमा विभिन्न दल त्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छ्न्।

ताजा समाचार

पुनर्वासमा मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको मृत्यु

जुद्ध चौधरी/पुनर्वास, मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको ज्यान गएको छ । बुधवार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ३ माईली बजारमा दुर्घटना भएको हो ।...

बेलडाँडीमा अवैध बाटोबाट तीन जना कर्मचारी भर्ना, माओवादी केन्द्र बेलडाँडीद्धारा अवैध कर्मचारी भर्ना खारेजीको माग

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा अबैध कर्मचारी भर्ना गरेको भन्दै नेकपा माओवादी केन्द्र बेलडाँडीले खारेजीको माग अघि सारेको छ । आज कार्यालयका नयाँ अधिकृत संगको...

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन सुरु

धनगढी, सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ। अहिले बिहान ९ बजेबाट निर्वाचन सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान दिउसो ३ बजेसम्म...

आज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

कञ्चनपुर, आज देश भर राष्ट्रिय निर्वाचन हुदैछ । सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय २७ जना मतदाता...
5,613LikesLike
14FollowersFollow