Wednesday, January 26, 2022
गृहपृष्ठ जिवनशैली बेलडाँडी माओवादीको प्रथम पालिका सम्मेलन शुरु

बेलडाँडी माओवादीको प्रथम पालिका सम्मेलन शुरु

बेलडाँडी,
नेकपा माओवादी केन्द्र बेलडाँडीको आज प्रथम पालिका सम्मेलन शुरु भएको छ । पुर्व खानेपानी मन्त्री तथा यस क्षेत्रकी सांसद विना मगरको प्रमुख आतिथ्यमा सम्मेलन शुरु भएको बेलडाँडी माओवादीले जनाएको छ । बेलडाँडी गाउँपालिका वडा नं.२ स्थित महाकाली सिचाइको खुल्ला चौरमा कार्यक्रम भइरहेको छ ।

माओवादी केन्द्रकी नेता विना मगर, टेकेन्द्र भट्ट, प्रदेश सांसद महेश दत्त जोशी, मोहन गिरी, दिपक तिमिल्सेना, वाइसियल जिल्ला इन्र्चाज अर्जुन साउद, पुर्व जनमुक्ती सेनाकी बटालियन भिसी शोभा शाही, इश्वरीदत्त भट्ट, नन्दकिशोर एसके लगायतका अतिथिहरुको उपस्थितिमा कार्यक्रम शुरु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यार्थी युवा नेता तथा अनेरास्ववियु क्रान्तीकारी जिल्ला अध्यक्ष कैलाश चन्द्र गिरीले गरेका थिए ।
उदघाटन समारोह लगत्तै बन्द सत्रद्धारा नयाँ नेतृत्व चयन गरिने बेलडाँडीका नेता डम्मर शाहले जानकारी गराउनु भयो ।

ताजा समाचार

बेलडाँडीमा अवैध बाटोबाट तीन जना कर्मचारी भर्ना, माओवादी केन्द्र बेलडाँडीद्धारा अवैध कर्मचारी भर्ना खारेजीको माग

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा अबैध कर्मचारी भर्ना गरेको भन्दै नेकपा माओवादी केन्द्र बेलडाँडीले खारेजीको माग अघि सारेको छ । आज कार्यालयका नयाँ अधिकृत संगको...

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन सुरु

धनगढी, सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ। अहिले बिहान ९ बजेबाट निर्वाचन सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान दिउसो ३ बजेसम्म...

आज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

कञ्चनपुर, आज देश भर राष्ट्रिय निर्वाचन हुदैछ । सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय २७ जना मतदाता...

बेलडाँडीमा चितुवाले दैनिक किसानका बाख्रा खादै, सम्वन्धित निकाय मौन

बेलडाँडी, बेलडाँडीमा दैनिक चितुवाले किसानका बाख्रा खानथालेको धेरै भइसक्यो । प्रत्येक रातै पिच्छे चितुवा गाउँमा पसरे किसानले मेहिनेत गरेर पालेका खसी बाख्रा खान थालेको छ...
5,613LikesLike
14FollowersFollow