Wednesday, January 26, 2022
गृहपृष्ठ जिवनशैली सस्तियो सरिया, घर बनाउने लागत घट्यो

सस्तियो सरिया, घर बनाउने लागत घट्यो

दसैंपछि फलामे डन्डीको भाउ एकाएक बढाएका उद्योगले अहिले भने घटाएका छन् । अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको मूल्य घटेपछि फलामे डन्डीको मूल्य पनि घटेको उनीहरुले बताएका छन् । डन्डी उत्पादकहरुका अनुसार अहिले फलामे डन्डीको भाउ किलोमा १३ रुपैयाँसम्मले घटेको छ ।

डन्डी उत्पादन उद्योग सञ्चालन गर्दै आएको अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेका अनुसार ११३ रुपैयाँसम्म उक्लिएको डन्डीको मूल्य अहिले घटेर १०० रुपैयाँ हाराहारीमा आइपुगेको छ । अन्तर्राष्ट्रिय बजारअनुसार डन्डीको मूल्य समायोजन हुँदा नेपाली बजारमा पनि सस्तिएको उनले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा कोइला, बिलेटको मूल्य घटबढ हुँदा स्थानीय बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्छ,’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा बिलेटको मूल्य पनि पाँच सात डलर घटेको न्यौपानेले बताए ।

निर्माण सामग्री व्यापार महासंघका संस्थापक महासचिव शिवप्रसाद मानन्धरले पनि एक महिनाको अन्तरालमा डन्डीको भाउ अधिकतम ११३ रुपैयाँबाट ९८ सम्म झरेको बताए । असोजपछि पञ्चकन्या, साखः, हिमाल, हामा लगायतका डन्डी कम्पनीले डन्डीको भाउ प्रतिकिलो ११३ रुपैयाँसम्म पुर्‍याएका थिए ।

दसैंअघिसम्म उद्योगीले प्रतिकिलो न्यूनतम ९५ रुपैयाँसम्ममा फलामे डन्डी बिक्री गर्दै आएका थिए । दसैंलगत्तै अन्तर्राष्ट्रिय रुपमै ऊर्जा संकट देखियो । खासगरी कोइला उत्पादन मागअनुसार नहुँदा ऊर्जा संकट निम्तिएको थियो । अभावसँगै कोइलाको भाउ क्रमशः बढ्दै जाँदा त्यसको प्रभाव नेपालमा पनि पर्‍यो । फलस्वरुप नेपाली बजारमा सिमेन्ट, इँटा, डन्डीजस्ता निर्माण सामग्रीको मूल्य बढ्न पुग्यो ।

अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य गत महिना बढेको भए पनि अहिले भने घट्दै गएको न्यौपानेले जानकारी दिए । गत महिना २४० अमेरिकी डलर हाराहारी पुगेको कोइलाको भाउ अहिले करिब ५० डलर घटेको उनले बताए । फलामे डन्डी उत्पादकले बिलेटलाई कच्चा पदार्थका रुपमा प्रयोग गर्छन् । उनीहरुले इन्धनका रुपमा कोइला प्रयोग गर्छन् ।

ताजा समाचार

बेलडाँडीमा अवैध बाटोबाट तीन जना कर्मचारी भर्ना, माओवादी केन्द्र बेलडाँडीद्धारा अवैध कर्मचारी भर्ना खारेजीको माग

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा अबैध कर्मचारी भर्ना गरेको भन्दै नेकपा माओवादी केन्द्र बेलडाँडीले खारेजीको माग अघि सारेको छ । आज कार्यालयका नयाँ अधिकृत संगको...

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन सुरु

धनगढी, सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ। अहिले बिहान ९ बजेबाट निर्वाचन सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान दिउसो ३ बजेसम्म...

आज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

कञ्चनपुर, आज देश भर राष्ट्रिय निर्वाचन हुदैछ । सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय २७ जना मतदाता...

बेलडाँडीमा चितुवाले दैनिक किसानका बाख्रा खादै, सम्वन्धित निकाय मौन

बेलडाँडी, बेलडाँडीमा दैनिक चितुवाले किसानका बाख्रा खानथालेको धेरै भइसक्यो । प्रत्येक रातै पिच्छे चितुवा गाउँमा पसरे किसानले मेहिनेत गरेर पालेका खसी बाख्रा खान थालेको छ...
5,613LikesLike
14FollowersFollow