Wednesday, January 26, 2022
गृहपृष्ठ जिवनशैली आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९८८ देखि प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा दिवस मनाउने गरिन्छ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने रहेको छ ।

एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विदिवस मनाउने गरिन्छ ।

सुईको माध्यबाट लागूपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

केन्द्रीय तथ्याङ्कको विवरण अनुसार नेपालमा एचआईभी एड्सको संक्रमणदरमा कमी हुँदै गएको पाइएको छ । १० वर्षको तथ्याङ्कलाई आधार मान्दा नेपालमा ६३ प्रतिशतले संक्रमणदर घटेको पाइएको हो । त्यस्तै एड्सका कारण हुने मृत्यु ५५ प्रतिशतले घटेको छ ।

नेपालमा तीस हजार तीन सय व्यक्ति एचआईभी एड्सबाट संक्रमित छन् । त्यस्तै सन् २०२० मा ७ सय ५४ जना संक्रमित भए ।

दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

ताजा समाचार

आज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

कञ्चनपुर, आज देश भर राष्ट्रिय निर्वाचन हुदैछ । सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय २७ जना मतदाता...

बेलडाँडीमा चितुवाले दैनिक किसानका बाख्रा खादै, सम्वन्धित निकाय मौन

बेलडाँडी, बेलडाँडीमा दैनिक चितुवाले किसानका बाख्रा खानथालेको धेरै भइसक्यो । प्रत्येक रातै पिच्छे चितुवा गाउँमा पसरे किसानले मेहिनेत गरेर पालेका खसी बाख्रा खान थालेको छ...

जिल्ला लिग फुटवल प्रतियोगिता सम्पन्न ,दिपज्योती च्याम्पियन

बिकाश सिंह महता/ महेन्द्रनगर अखिल नेपाल फुटबल संघ 'एन्फा' को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालित जिल्ला लिग फुटबल प्रतियोगिता २०७७/०७८ अन्तर्गत...

नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरद्धारा स्वास्थ्यकर्मीहरुको हकहितको माग गर्दै १४ बुदे ज्ञापन स्थानीय सरकारलाई बुझाउदै

बेलडाँडी, नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरद्धारा स्वास्थ्यकर्मीहरुको हकहितको मागगर्दै १४ बुदे ज्ञापन पत्र कञ्चनपुरका स्थानिय सरकारलाई बुझाउने काम शुरु गरेको छ । स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरले...
5,613LikesLike
14FollowersFollow