Sunday, December 5, 2021
गृहपृष्ठ जिवनशैली निष्ठाका धरोहर जनक सिह धामी काँग्रेस कञ्चनपुर सचिवको दौडमा

निष्ठाका धरोहर जनक सिह धामी काँग्रेस कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर,
जनक सिह धामी नेपाली काँग्रेस कञ्चनपुरका गतिशिल, ईमान्दार र कर्तव्यनिष्ठ नेताका रुपमा परिचित प्रतिबिम्ब हुन । तीन दशकदेखि काँग्रेसमा राजनीतिक गर्दै आएका धामी यतिबेला काँग्रेस कञ्चनपुर सचिव पदका लागि उम्मेदवारी घोषणा गरेर मतदाता भेटघाटमा व्यस्थ छन ।
कोईराला पक्षका बलिया खम्बाका रुपमा परिचित धामीको महाधिवेशन यात्रालाई दुई गुट समुहले समेत रोक्न सकेनन् । उनको लोकप्रियता एव लगनशिलताका कारण काँग्रेस मात्र नभई जनतामाँझ पनि धामी परिचित छन । क्षेत्र नम्बर १ बाट एनपी साउद दिवान पक्षको संयुक्त प्यानलसंग उनी रमेश लेखक प्यानबाट महाधिवेशन सदस्य चुनावी मैदानमा होमिएका थिए । महाधिवेशन सदस्य निर्वाचित संगै उनी काँग्रेस कञ्चनपुर सचिव पदको दौडमा छन ।
०४५ साल किशोरा अवस्थादेखि काँग्रेस राजनीतिमा होमिएका नेता धामीले ०४६सालको जनआन्दोलनमा समेत जेल परेका थिए । राजनीतिक संघर्षमा होमिएका धामीले जेलनेलदेखि थुप्रै संघर्ष गरेका छन ।
०४५ मा नेवि संघबाट राजनीतिक यात्रा तय गरेका धामी, ०६४ जनआन्दोलनमा जेल, ०४९ मा सिद्धनाथ बुहुमुखी क्याम्पस नेवि संघ इकाई अध्यक्ष, ०४९ मा सोही क्याम्पस नेवि संघबाट स्ववियू सभापतिका उम्मेदवार बने । ०४९ देखि ०५१ सम्म नेवि संघ कञ्चनपुर सचिव, ०५१ देखि ०५३ नेपाल शिक्षक संघ कञ्चनपुर सचिव, ०५५ सुकुमबासी आयोथमा काँग्रेसका तर्फबाट जिल्ला सदस्य, ०५६ मा आम निर्वाचन हुँदा केन्द्रीय पर्यवेक्षकको रुपमा दार्चुला खटिए । ०५८ सालमा काँग्रेस क्षेत्र नम्बर २ को उप सभापति, ०५९ क्षेत्रीय सभापति, ०७२ औँ महाधिवेशनबाट कञ्चनपुर जिल्ला सदस्यमा निर्वाचित भए । जिल्ला सदस्य रहेका धामीलाई पार्टीले प्रशासन विभाग संयोजको समेत जिम्मेबारी दिएको थियो । धामीले किशोरा अवस्थादेखि युवासम्म निरन्तर पार्टीका विभिन्न मोर्चा सम्हालेका छन । तर,पनि पार्टी उनलाई थप जिम्मेबारी भने दिएको छैन । काँग्रेस कञ्चनपुरको सचिवको यात्रा तय गरेका काँग्रेस नेता जनकसिह धामीले पार्टी एकता, गुटरहित, लोकतान्त्रिक, जनतामुखी, लोकतन्त्र सुदृढ बनाउनका लागि काँग्रेस जिल्ला सचिवको यात्रा तय गरेको बताए । ‘मैले निष्ठा, पार्टीको नीति, सिद्धान्त हित अनुरुप काम गर्छु, ‘उनले भने, ‘मलाई विश्वास छ, नेता कार्यकर्ताले सहयोग गर्नुहुनेछन ।’ चुनावका बेला कोही नेता कतै प्यानल कोही कतैबाट चुनावमा होमिएपनि चुनाव जितेपनि सिङ्गो काँग्रेस कञ्चनपुरलाई एक ढिक्का बनाएर भावि चुनावमा जिताउने आफ्नो योजना रहेको धामीले बताए । उनले जिल्लाभरीका नेता कार्यकर्तासंग सहयोगका लागि अपिल समेत गरेका छन ।

ताजा समाचार

बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सहित माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर, बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मी नारायण चौधरी सहित माओवादी केन्द्रमा प्रवेस गरेका छन । शनिबार माओवादी केन्द्र बेलौरीको नगर सम्मेलन उद्घाटन कार्यक्तममा बेलौरी...

कञ्चनपुरको भीमदत्तमा ३० औं अपाङ्गता दिवस भव्यताका साथ मनायो

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवश बिविध कार्यक्रम गरि मनाइएको छ । महेन्द्रनगरको मदन चोक देखि गल्ली नम्बर १ देखि...

आफ्नो क्षेत्रमा जंगली जनावरले आतंक मचाउदा समेत पिडितहरुलाई भेट्न मानेनन् पुर्व मन्त्री मगरले, आफ्नो पार्टीको कार्यक्रम सम्वोधन गर्न आएका उनलाई छैन् आफ्ना नागरिकको चिन्ता

बेलडाँडी, कञ्चनपुर जिल्लाको दक्षिणी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संग जोडिएको बस्तीमा दैनिक जसो जंगली जनावर हात्तीले आतंक मचाउदा समेत सोही ठाउँ पुगेकी यस क्षेत्रकी सांसद तथा...

समाजवादी बेलौरीको अध्यक्षमा कठायत

लाल बहादुर एसके, नेकपा एकिकृत समाजवादी बेलौरीको अध्यक्षमा चक्र कठायत चयन भएका छन । बिहीबार समाजवादी बेलौरीको प्रथम नगर सम्मेलदनबाट अध्यक्षमा कठायत भएका हुन ।...
5,613LikesLike
14FollowersFollow