Thursday, December 2, 2021
गृहपृष्ठ जिवनशैली विप्लवद्वारा नेपाल बन्दको घोषणा

विप्लवद्वारा नेपाल बन्दको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाल बन्दको घोषणा गरेको छ । सरकारले दैनिक जीवनसँग जोडिएको पेट्रोलियम पदार्थ तथा ग्यासमा मूल्यवृद्धि गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको हो ।

नेकपाले मूल्यवृद्धि बिरुद्ध सशक्त प्रतिरोध संघर्षमा उत्रन सबै जनवर्गीय संगठन र समस्त जनसमुदायमा अपिल गरेको छ । साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि खारेज गर्न समेत सरकारसँग माग गरेको छ । नेकपाका महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ती गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

महासचिव विप्लवले कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक २६ गते प्रचारप्रसार र साझँ मसाश जुलुस, कात्तिक २७ गते देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम, कात्तिक २९ गते सिठ्ठी जुलुस, कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेका हुन् । सरकार बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

ताजा समाचार

समाजवादी बेलौरीको अध्यक्षमा कठायत

लाल बहादुर एसके, नेकपा एकिकृत समाजवादी बेलौरीको अध्यक्षमा चक्र कठायत चयन भएका छन । बिहीबार समाजवादी बेलौरीको प्रथम नगर सम्मेलदनबाट अध्यक्षमा कठायत भएका हुन ।...

शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्ट

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकेन्द्र राज भट्टलाई जिम्मेबारी पाईएको छ । सोही नगरकै शिक्षा शाखा प्रमुख रहेका भट्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी...

माओवादी केन्द्रको अध्यक्षमा शाह

बिकाश सिंह महता/कञ्चनपुर , नेकपा माओवादी केन्द्र बेलडाँडिको अध्यक्षमा डम्मर बहादुर शाह चयन भएका छन् । बिहिवार माओवादी केन्द्र बेलडाँडिको प्रथम गाउँपालिका अधिवेशन बाट शाहको अध्यक्षतामा...

बेलडाँडी माओवादीको प्रथम पालिका सम्मेलन शुरु

बेलडाँडी, नेकपा माओवादी केन्द्र बेलडाँडीको आज प्रथम पालिका सम्मेलन शुरु भएको छ । पुर्व खानेपानी मन्त्री तथा यस क्षेत्रकी सांसद विना मगरको प्रमुख आतिथ्यमा सम्मेलन...
5,613LikesLike
14FollowersFollow