Sunday, December 5, 2021
गृहपृष्ठ जिवनशैली कृष्णपुर एमाले विद्यार्थी नेता ऐरीको काँधमा

कृष्णपुर एमाले विद्यार्थी नेता ऐरीको काँधमा

कञ्चनपुर,
नेकपा एमाले कृष्णपुर नगरको अध्यक्षमा विद्यार्थी नेता गणेश सिह ऐरी चयन भएका छन । एमाले कृष्णपुर नगरको अध्यक्षमा ऐरी चयन भएका हुन । कृष्णपुर नगरको अध्यक्षका लागि छत्र महरा, अमरजङ्ग शाही, लोकेन्द्र विष्ट सहितका नेताहरु आँकाक्षी देखिएका थिए । तर, अन्तत सहमतीय आधारमा कृष्णपुर नगरको अध्यक्षमा विद्यार्थी नेता गणेश सिह ऐरी नै चयन भएका छन । आफु निकटलाई अध्यक्ष बनाउन माओवादीबाट एमाले प्रवेस गरेका लेखराज भट्टले एमाले कृष्णपुर नगरको अधिवेशन उद्घाटन गर्न समेत आएका थिए । अध्यक्षका लागि माओवादी खेमाबाट प्रवेस गरेका लोकेन्द्र विष्टलाई बनाउन लेखराज भट्ट नै कृष्णपुर नगरको सम्मेलन उद्घाटन गरेर प्रभाव पार्न खोजेपनि सो सफल नभएको एक एमाले नेताले बताए । एमाले कृष्णपुरको नगर अध्यक्ष भएका ऐरीको यस्तो छ राजनीतिक ईतिहास । १। २०५८ सालमा कक्षा ८ मा अध्ययन गर्दा अनेरास्ववियुको सदस्यता प्राप्त गरि उदय मा।बी बक, प्रारम्भिक कमिटी सचिव
२। २०५९र६० साल उदय मा।वि। बन्क प्रा।क। अध्यक्ष
३।२०६१(२०६३ बालजागृती उच्च मा।वि। महेन्द्रनगर प्रारम्भिक कमिटी कोषाध्यक्ष
४। २०६३ असार अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य
५। २०६५ भाद्र अनेरास्ववियु जिल्ला कमिटी सह(सचिव
६। २०६६ मंसिर( माघ अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी सचिव
७। २०६६ माघ( २०६७ भाद्र जिल्ला कमिटी सदस्य
८। २०६७ भाद्र( २०६८ कार्तिक अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी उप(संयोजक
९। २०६८ कार्तिक(२०७१ असोज अनेरास्ववियु जिल्ला अध्यक्ष
१०। अनेरास्ववियु महाकाली अञ्चल कमिटी सचिव २०७०(२०७२
११। अनेरास्ववियु २१ औं राष्ट्रिय सम्मेलनमा केन्द्रिय सदस्यको उम्मेदवार
१२। अनेरास्ववियु २२ औं राष्ट्रिय महाधिवेशन २०७२ केन्द्रिय सदस्यमा निर्वाचित
१३। २०७७ अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य
१३। २०७८ असोज अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश सह(इन्चार्ज
नेकपा ९एमाले० का तहगत कमिटीहरुमा काम गरेको
१। कृष्णपुर गाउँ कमिटी सदस्य
२। पार्टी विद्यार्थी फ्र्याक्सन सदस्य
३। नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय कमिटी सदस्य
४। नेकपा एमाले जिल्ला प्रचार बिभाग सदस्य
४। नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय कमिटी सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख
५। नेकपा एमाले नगर संगठन कमिटी सदस्य
औपचारिक जिम्मेवारीहरुसङ्ग सङ्गै विभिन्न समयमा पार्टीले दिएका छोटो समयका औपचारिक अनौपचारिक जिम्मेवारीहरु पूरा गरि निरन्तर रूपमा अविचलित भई लागेको ।

ताजा समाचार

बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सहित माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर, बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मी नारायण चौधरी सहित माओवादी केन्द्रमा प्रवेस गरेका छन । शनिबार माओवादी केन्द्र बेलौरीको नगर सम्मेलन उद्घाटन कार्यक्तममा बेलौरी...

कञ्चनपुरको भीमदत्तमा ३० औं अपाङ्गता दिवस भव्यताका साथ मनायो

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवश बिविध कार्यक्रम गरि मनाइएको छ । महेन्द्रनगरको मदन चोक देखि गल्ली नम्बर १ देखि...

आफ्नो क्षेत्रमा जंगली जनावरले आतंक मचाउदा समेत पिडितहरुलाई भेट्न मानेनन् पुर्व मन्त्री मगरले, आफ्नो पार्टीको कार्यक्रम सम्वोधन गर्न आएका उनलाई छैन् आफ्ना नागरिकको चिन्ता

बेलडाँडी, कञ्चनपुर जिल्लाको दक्षिणी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संग जोडिएको बस्तीमा दैनिक जसो जंगली जनावर हात्तीले आतंक मचाउदा समेत सोही ठाउँ पुगेकी यस क्षेत्रकी सांसद तथा...

समाजवादी बेलौरीको अध्यक्षमा कठायत

लाल बहादुर एसके, नेकपा एकिकृत समाजवादी बेलौरीको अध्यक्षमा चक्र कठायत चयन भएका छन । बिहीबार समाजवादी बेलौरीको प्रथम नगर सम्मेलदनबाट अध्यक्षमा कठायत भएका हुन ।...
5,613LikesLike
14FollowersFollow