Wednesday, December 1, 2021
गृहपृष्ठ जिवनशैली पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक : केपी ओली

पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक : केपी ओली

काठमाडौं,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।

‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पुरा गर्नुछ ।’

गठबन्धनलाई देश र संविधान समेत नचाहिएको ओलीको भनाइ छ । ओलीले देश, लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्रै गर्ने भन्दै एमाले नभएको भए यसअघि नै १७ साल दोहोरिने पक्का रहेको बताए । ‘हामी हुँदैनथियौ भने १७ साल अस्ति नै आइसक्थ्यो यहाँ एमाले छ त्यसकारण १७ साल आउन सक्दैन’, ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले संविधान एउटा पुस्तक भएको भन्दै त्यो  पुस्तक च्यात्न कुनै समय नलाग्ने बताए  । ओलीले एमाले सरकार छोड्न तयार भएको छर तर संविधान च्यात्न र लोकतन्त्र तलमाथि हुन नदिने बताए । ‘नेकपा एमाले यो अठोटमा रहेकाले नै लोकतन्त्र अडिएको हो’, अध्यक्ष ओलीको भनाइ छ । उनले एमाले विरुद्ध अन्तराष्ट्रिय शक्ति समेत लागेको भन्दै एमाले विरुद्धका भ्रम तोड्न कार्यकर्ताहरूलाई निर्देशन दिए । (रातोपाटीबाट)

ताजा समाचार

बेलडाँडी समाजवादी पार्टीको शुक्रवार प्रथम भेला हुने

बेलडाँडी, नेकपा एमालेबाट विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को शुक्रवार प्रथम गाउँ भेला हुने भएको छ । पार्टी नयाँ गठन भए लगत्तै कमिटी गठन...

आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९८८ देखि प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा दिवस मनाउने गरिन्छ ।...

प्रेस सेन्टर सुदूरपश्चिम अध्यक्षमा बोहरा चयन

बेलडाँडी, प्रेस सेन्टर सुदूरपश्चिम प्रदेश अध्यक्षमा भुवन बोहरा चयन भएका छन् । आज भएको सेन्टरको दोस्रो प्रदेश अधिवेशनबाट बोहराको नेतृत्वमा १४ जना पदाधिकारी चयन भएका...

सुदूरपश्चिमका ४ महिला नेत्री केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

महेन्द्रनगर । नेकपा एमालेको खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी अर्चना गहतराजले फिर्ता...
5,613LikesLike
14FollowersFollow