Friday, December 3, 2021
गृहपृष्ठ आर्थिक कार्तिके बर्षाले किसानले लगाएको खेतीको नाश

कार्तिके बर्षाले किसानले लगाएको खेतीको नाश

धान भित्र्राउने बेला बर्षा भएसंगै खेतमै काटेका धान भिजेर नष्ट भएको छ । आइतबारदेखि अबिरल रुपमा परिरहेको बर्षातका कारण कञ्चनपुरमा धान भिजेर नष्ट भएको हो ।

खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्राउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन । खेती भित्र्राउने बेला बर्षा भएपछि धानखेतीमै जिवन निर्वाह गर्दै आएका किसानलाई बढि मार परेको छ । भने, अन्य किसान समेत मर्कामा परेका छन ।

बर्षातका कारण कञ्चनपुरका सयौँ किसानको हजारौँ विगाह जमिनको धानखेती भिजेको छ ।जसका कारण कञ्चनपुरका किसान महासंकटमा परेका छन । धानसंगै केरा लगायतका अन्य अन्नबाली समेत नष्ट गरेपछि किसान थप चिन्तित भएका छन ।

अनपेक्षित रुपमा एक्कासी बर्षा भएसंगै यस बर्षको धानखेती समेत नष्ट भएकाले किसान मारमा परेका हुन ।

लालझाडी गाँउपालिका ३ नन्दगाँउका स्थानीय बहाली रानाको खेतमै काटेको अढाई विगाह जमिन भिजेर नष्ट भएको छ । गत बर्ष पनि उनको खेतमा दोदा नदीको वाढीले धानखेती नष्ट भएको थियो । यस बर्ष बर्षातले धान खेती नष्ट भएको उनले बताए । ‘गत बर्ष दोदा नदीमा वाढि आएर पुरै धान कुहियो, ‘उनले भने, ‘यस बर्षपनि अहिले बर्षा भएपछि धान कुहिने भयो ।’ बिगौँ जमिनमा धानखेती नष्ट भएपनि राना मारमा परेका छन ।

भीमदत्त नगरपालिका १६ मझगाँउका स्थानीय किसान रामचन्द्र धानुकको समेत बर्षातले डेढ विगाह जमिनको धानखेती नष्ट भएको छ । धानुकले दुई दिन अघि काटेको धान बर्षातले नष्ट भएको बताए । ‘सुकाउनका लागि खेतमै धान काटेर छाडेको थिए, ‘एक्कासी बर्षा आयो धान खेती पुरै भिजायो ।’

बेलडाँडी गाँउपालिका ५ झिलमिलाका रतन लुहारको १० कट्टाको धान समेत बर्षातले भिजेर नष्ट भएको छ । लुहारले बर्षभरी खाने अन्न भिजेर नष्ट भएपछि मारमा परेको बताए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर विष्टले अधिकाँस किसानले धान भित्र्राईरहेको बताए । ‘जिल्लाभरी ८० प्रतिशत किसानले धान भित्र्राईसकेका छन, ‘उनले भने, ‘बाँकी २० प्रतिशत किसानले पछि हुने धान रोपेका छन, त्यही धान भिजेको हो ।’ किसान संघ संगठनका नेता अगुवाले बर्षभरी खाने किसानको अन्न भिजेर नष्ट भएकाले उचित क्षतिपूर्ति र राहत दिनुपर्ने माग अघि सारेका छन ।

ताजा समाचार

आफ्नो क्षेत्रमा जंगली जनावरले आतंक मचाउदा समेत पिडितहरुलाई भेट्न मानेनन् पुर्व मन्त्री मगरले, आफ्नो पार्टीको कार्यक्रम सम्वोधन गर्न आएका उनलाई छैन् आफ्ना नागरिकको चिन्ता

बेलडाँडी, कञ्चनपुर जिल्लाको दक्षिणी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संग जोडिएको बस्तीमा दैनिक जसो जंगली जनावर हात्तीले आतंक मचाउदा समेत सोही ठाउँ पुगेकी यस क्षेत्रकी सांसद तथा...

समाजवादी बेलौरीको अध्यक्षमा कठायत

लाल बहादुर एसके, नेकपा एकिकृत समाजवादी बेलौरीको अध्यक्षमा चक्र कठायत चयन भएका छन । बिहीबार समाजवादी बेलौरीको प्रथम नगर सम्मेलदनबाट अध्यक्षमा कठायत भएका हुन ।...

शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्ट

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकेन्द्र राज भट्टलाई जिम्मेबारी पाईएको छ । सोही नगरकै शिक्षा शाखा प्रमुख रहेका भट्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी...

माओवादी केन्द्रको अध्यक्षमा शाह

बिकाश सिंह महता/कञ्चनपुर , नेकपा माओवादी केन्द्र बेलडाँडिको अध्यक्षमा डम्मर बहादुर शाह चयन भएका छन् । बिहिवार माओवादी केन्द्र बेलडाँडिको प्रथम गाउँपालिका अधिवेशन बाट शाहको अध्यक्षतामा...
5,613LikesLike
14FollowersFollow