Thursday, December 2, 2021
गृहपृष्ठ आर्थिक बैतडीमा डिलासैनी गाउँपालिको बेरुजु सबैभन्दा बढी

बैतडीमा डिलासैनी गाउँपालिको बेरुजु सबैभन्दा बढी

बैतडी,

बैतडीका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ। यहाँका १० स्थानीय तहको बेरुजु रकम साढे ३२ करोड रहेको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

५८ औँ वार्षिक प्रतिवेदन अनुसार बैतडीका स्थानीय तहमा सबैभन्दा बढी बेरुजु डिलाशैनी गाउँपालिका र सबैभन्दा कम बेरुजु पाटन नगरपालिकाको छ।डिलासैनीको ८६ करोड ४१ लाख ७९ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ करोड २० लाख २२ हजार रकम बेरुजु छ। यो लेखा परीक्षण गरिएको ६ दशमलव २ प्रतिशत बेरुजु हो। पाटनको १ अर्ब २० करोड ३८ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ७२ लाख ३६ हजार रुपैयाँ बेरुजु छ। यो लेखा परीक्षण गरेको रकमको १ दशमलव ४३ प्रतिशत हो। गाउँपालिकामध्ये सबैभन्दा कम बेरुजु हुने दोगडाकेदारको छ। दोगडाकेदारमा १ अर्ब २ करोड ७१ लाख ३२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड २७ लाख ७९ हजार बेरुजु देखिएको छ।

दशरथचन्द नगरपालिकाको १ अर्ब ४० करोड ८१ लाख ४३ हजारको लेखा परीक्षण गर्दा ४ करोड ५५ लाख १ हजार बेरुजु छ। सिगास गाउँपालिकामा ३ दशमलव ८९ प्रतिशत बेरुजु देखिएको छ। ८७ करोड ९९ लाख १५ हजारको लेखा परीक्षण गर्दा ३ करोड ४२ लाख ५८ हजार बेरुजु देखिएको हो। शिवनाथ गाउँपालिकामा पनि ५९ करोड ८८ लाख ५८ हजारको लेखापरीक्षण गरिएकोमा ४ दशमलव ८४ प्रतिशत अर्थात २ करोड ९० लाख १२ हजार बेरुजु देखिएको छ।

पञ्चेश्वर गाउँपालिकाको पनि ४ दशमलव ५१ प्रतिशत अर्थात् ३ करोड ३६ लाख ६६ हजार रुपैयाँ बेरुजु छ। सुर्नया गाउँपालिकाको ३ करोड ९८ लाख २६ हजार, पुर्चौडी नगरपालिकाको ३ करोड ४६ लाख ७२ हजार, र मेलौली नगरपालिकाको १ करोड ७३ लाख ३५ हजार बेरुजु छ।

ताजा समाचार

सस्तियो सरिया, घर बनाउने लागत घट्यो

दसैंपछि फलामे डन्डीको भाउ एकाएक बढाएका उद्योगले अहिले भने घटाएका छन् । अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको मूल्य घटेपछि फलामे डन्डीको मूल्य पनि घटेको...

माओवादीकाे प्रथम नगर अधिबेशन सम्पन्न,पुनर्वासमा धाेखे रानाले नेतृत्व गर्दै

जुद्ध चाैधरी/पुनर्वास, नेकपा माअाेवादी पुनर्वास नगर समितिकाे प्रथम नगर अधिबेशन मँगलवार सम्पन्न भएकाे छ । अधिबेशन बाट धाेखे राना अध्यक्षमा सर्वसम्मत चयन भएका छन । अधिबेशनकाे...

बेलडाँडी समाजवादी पार्टीको शुक्रवार प्रथम भेला हुने

बेलडाँडी, नेकपा एमालेबाट विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को शुक्रवार प्रथम गाउँ भेला हुने भएको छ । पार्टी नयाँ गठन भए लगत्तै कमिटी गठन...

आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९८८ देखि प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा दिवस मनाउने गरिन्छ ।...
5,613LikesLike
14FollowersFollow