Thursday, December 2, 2021
गृहपृष्ठ कला साहित्य प्रचण्डलाई कार्यकर्ताको खुल्ला पत्र, अात्म हत्या होईन कि हिजो जनतालाई देखाएका सपना...

प्रचण्डलाई कार्यकर्ताको खुल्ला पत्र, अात्म हत्या होईन कि हिजो जनतालाई देखाएका सपना पूरा गर्नुस्

लाल सलाम कमरेड प्रचण्ड !

दश वर्षे जनयुद्ध जनताको लागी थियो, विपन्न वर्गको लागी थियो, सर्वहारा वर्गको लागी थियो,उत्पिडित वर्गको लागी थियो । जनताको समृद्धीको लागी थियो,विकासको लागी थियो राष्ट्र र राष्टियताको लागी थियो, स्वाभिमानको लागी थियो । आफ्ना र आफन्तको लागी पक्कै थिएन कमरेड !

बैद्य बिप्लव बाबुरामहरुको साथ थियो ,एक निर्देशनमा ज्यानको बाजी लगाउन तयार हुने कार्यकर्ता थिए,आफ्नै सहकर्मीलाइ लात हानेर हजारौं सहिदको अपमान गर्दै इमान्दार कर्तव्यनिष्ठ कार्यकर्ता पाखा लगायौं, पार्टीमा चोर फटाहा,अवसरवादी डाका र स्वार्थी पाखन्डीहरु भित्र्यायौ, कयौं कार्यकर्ताको मन दुखायौ, नेपाली जनतालाइ रोडमै छोडेर आफु महलमा छिर्यौ,सिंगो क्रान्ती बयलगाडेको पाउमा सुम्पियौ जसको परिणाम आज यो अवस्थामा पुग्यौ कमरेड !

जनयुद्ध देश र जनता सम्पन्न गर्न थियो, नेता र नेताका आफन्त सम्पन्न गर्न पक्कै पनि थिएन । देशमा गणतन्त्र त आयो, मुठ्ठीभर मान्छेको लागी महलमा मात्रै आयो, झुपडीमा गणतन्त्रको घाम लागेन कमरेड !

हिजो युद्धकालको दिनहरु सम्झिनुस, तपाईले खाना खानु भएका झुपडीहरु सम्झिनुस, तपाईलाई खाना पस्किने दिदीको चोली फेरियको छैन, ती झुप्रोहरु फेरिएका छैनन् । तपाईले कार्यक्रम गर्नु भएका स्कुलका छानाहरु फेरियका छैनन्, तपाइले हिड्नु भएको बाटो फेरियको छैन, फेरियो त केवल नेता र नेताका आफन्तको जिवनशैली मात्रै !

कमरेड युद्ध मोर्चामा लडेका लासहरु सम्झिनुस जसले तपाईलाई प्रचण्ड बनाएर आफु कहिल्ले नउठ्ने गरी संसार बाट विदा भए, तिनका टुहुरा छोराछोरी विहान के खाउँ बेलुका के खाउँ भन्दै भौतारिदैछन् । ज्यानको बाजी लगायर तपाईलाइ बचाउने घाइते योद्धाहरु सम्झिनुस, शरिरमा गोली बोकेर अाैषधी खान नपाइ रुदै मृत्युलाई पुकार्दैछन् कमरेड !

एक पटक ति जनमुक्ती सेनाको फौजलाई सम्झिनुस् तपाईले “मुभ”भन्दा धर्ती डगमगाउथ्यो, तिनको हुँकारले प्रतिकृयावादीको सातो जान्थ्यो, आज तिनको अवस्था के छ ?? परिवार पाल्नकै लागी बिहान बेलुकाको छाक टार्नकै लागी कोइ शरिरमा गोली बोकेर ५०°को घाममा खाडीमा बेल्चा चलाउदैछन् त कोइ भारतको गल्लीमा सिटी फुक्दैछन् कमरेड !

के जनयुद्ध र माओवादी आन्दोलन यस्तै अवस्थाको लागी थियो त ?? एक पटक एक्लै एकान्तमा गएर सोच्नुस त कमरेड के तपाई त्यही हिजोको प्रचण्ड हो ?? तपाईलाई राती निन्द्रा कसरी लाग्छ कमरेड ??

त्यसैले कमरेड ! तपाई आफैमा प्रचण्ड होइन तपाईलाई प्रचण्ड बनाउन मुलुकले ठुलो लगानी गरेको छ, तपाईलाई आत्महत्या गर्ने छुट पनि पक्कै छैन । बरु कमिकमजोरी सच्याई आत्म आलोचना गरेर, अब मर्ने बेलामा फेरी एक पटक पुस्पकमल दाहाल बाट प्रचण्ड भयर मर्दिनुस,
एक शुभचिन्तकको आक्रोस, आग्रह र सुझाव !

केशव राज जोशी
केदारस्युँ ८ बझाङ्ग
हाल – चेन्नई भारत

ताजा समाचार

सस्तियो सरिया, घर बनाउने लागत घट्यो

दसैंपछि फलामे डन्डीको भाउ एकाएक बढाएका उद्योगले अहिले भने घटाएका छन् । अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको मूल्य घटेपछि फलामे डन्डीको मूल्य पनि घटेको...

माओवादीकाे प्रथम नगर अधिबेशन सम्पन्न,पुनर्वासमा धाेखे रानाले नेतृत्व गर्दै

जुद्ध चाैधरी/पुनर्वास, नेकपा माअाेवादी पुनर्वास नगर समितिकाे प्रथम नगर अधिबेशन मँगलवार सम्पन्न भएकाे छ । अधिबेशन बाट धाेखे राना अध्यक्षमा सर्वसम्मत चयन भएका छन । अधिबेशनकाे...

बेलडाँडी समाजवादी पार्टीको शुक्रवार प्रथम भेला हुने

बेलडाँडी, नेकपा एमालेबाट विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को शुक्रवार प्रथम गाउँ भेला हुने भएको छ । पार्टी नयाँ गठन भए लगत्तै कमिटी गठन...

आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९८८ देखि प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा दिवस मनाउने गरिन्छ ।...
5,613LikesLike
14FollowersFollow